• २४ भदौ २०८३, बुधबार
  • ९ः५२ बिहान

नेपाल नेत्रज्योति संघ र ललितपुर महानगरबिच ज्येष्ठ नागरिकको घरघरमै आँखा उपचार गर्ने सम्झौता

प्रकाशित मिति

२०८० असार १९ गते, मंगलवार ०१:२१

१९ असार २०८०, काठमाडौँ : नेपाल नेत्रज्योति संघ र ललितपुर महानगरपालिका बिच महानगरका सम्पुर्ण जेष्ठ नागरिक र अपाङ्गता भएका नागरिकहरुको निशुल्क आँखा उपचार गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

National Life

सोमबार ललितपुर महानगरपालिकामा आयोजित ललितपुर महानगरपालिका र स्वास्थ्य सरोकारवाला संस्थाहरु बिच “जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुसंग महानगरपालिका कार्यक्रम” सञ्चालन गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।


उक्त सम्झौतापत्रमा नेपाल नेत्रज्योति संघका तर्फबाट महासचिव भरतबहादुर चन्द र कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्र र महानगरिपालिकाका तर्फबाट महानगर प्रमुख चिरिबाबु महर्जन र प्रमुख कार्यकारी अधिकृत गणेश अर्यालले हस्ताक्षर गरेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

महानगरपालिकाले विभिन्न संघ संस्थाहरुसंगको सहकार्यमा नगरभित्रका जेष्ठ नागरिक र अपाङ्गता भएका नागरिकहरुको घरघरमै गएर विभिन्न समस्याहरुको परिक्षण गर्नेछ । महानगरको उक्त कार्यक्रममा नेपाल नेत्रज्योति संघले आँखा जाँच तथा उपचारमा महानगरलाई प्राविधिक सहयोग गर्ने बताउछन् संघका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्र ।


उक्त सम्झौैता हस्ताक्षर कार्यक्रममा बोल्दै महानगर प्रमुख महर्जनले शारिरिक असक्तता र विभिन्न बाध्यताले अस्पतालसम्म पुग्ने नसकेका जेष्ठ नागरिक र अपाङ्गता भएका नागरिकहरुलाई घरघरमै गएर उपचार गर्ने योजनामा साथ दिएको नेत्रज्योति संघलाई धन्यबाद दिँदै यो सहकार्य दिर्घकालसम्म चलिरहने समेत बताए ।


त्यस्तै कार्यक्रममा बोल्दै संघका महासचिव भरतबहादुर चन्दले नेपालका कोहि पनि नागरिकहरु पहँच र पैसाको अभावमा आँखा उपचार सेवाबाट बन्चित नहुन् भन्ने उद्देश्यले संघले देशैभरी विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको बताउँदै नेपालको अन्धोपना न्यूनिकरणमा जनप्रतिनिधिहरुले निर्वाह गरेको महत्वपुर्ण भुमिकाका लागि धन्यबाद दिँदै आगामी दिनमा पनि नेपालबाट उपचार पछि निको हुने अन्धोपन निवारणका लागि तिनै तहका सरकारहरुसंग सहकार्य र समन्वय गरि अगाडी बढ्ने समेत बताए ।


नेपाल नेत्रज्याति संघले हाल देशभरमा २७ वटा आँखा अस्पताल तथा १५४ आँखा उपचार केन्द्र र ४४ वटा जिल्ला शाखाहरु मार्फत नागरिकहरुलाई गुणस्तरिय आँखा उपचार सेवा प्रवाह गर्दै आईरहेको छ । उक्त सम्झौता हस्ताक्षर कार्यक्रममा संघका कोषाध्यक्ष द्रोणप्रसाद गुराँगाई, महानगरका विभिन्न वडाका वडाध्यक्ष एबं विभिन्न संघ संख्थाका प्रतिनिधिहरुको समेत उपस्थिती थियो ।

प्रतिकृया