• ६ असोज २०८३, मंगलबार
  • १०ः५३ बिहान

कानून बन्यो दर्ता भयो तर आफैँ ढिलो कानून बनाउने निकायले दर्ता ढिलो किन गरिस् भनेर जरिवाना लियो : गगन थापा

प्रकाशित मिति

२०८० जेष्ठ ७ गते, आईतवार १२:३४

जेठ ७, २०८०, काठमाडाैं : नेपाली कांग्रेसका सांसद गगन थापाले विद्युतीय सवारी साधन बनाइरहको यात्रीको दर्ता प्रक्रियामा फेरि समस्या देखिएको बताएका छन्। भ्टाट तिरेको ३५ दिनभित्र दर्ता गरेन भन्दै सरकारले जरिवाना लिने गरेको उनले बताए।

National Life

‘विद्युतीय सवारी साधन बनाइरहेको यात्रीले दर्ता नपाएपछि प्रधानमन्त्रीको निर्देशनमा कार्यविधि संशोधन भयो। दर्ता भयो। सरकारको तारिफ पनि भयो। तर अहिले आएर दर्ता प्रक्रियामा फेरि समस्या देखिएको छ,’ प्रतिनिधि सभाको आजको बैठकमा थापाले भने, ‘सरकार भन्छ भ्याट बिल तिरेको ३५ दिनभित्र दर्ता भएन भने जरिवाना लाग्छ।’


उनले पहिले कानून नहुँदा यात्रीको दर्ता नभएको पनि बताए।

Classic Tech Mobile
Classic Tech Desktop

‘पहिले कानून थिएन। दर्ता भएन। अहिले कानून बन्यो दर्ता भयो तर आफैँ ढिलो कानून बनाउने निकायले दर्ता ढिलो किन गरिस् भनेर जरिवाना लिन्छ,’ थापाले भने। ‘स्वदेशी उत्पादन किन्ने र उपभोग बढाउँछु भन्ने नीति बोकेको सरकारले असल नियतसाथ काम गरिरहेको उद्यमीलाई निरूसाहित हुन नदियोस्। आफ्नो नीतिको लाज राखोस्, सरकारको ध्यानाकर्षण गराउँछु,’ उनले भने।


सरकारको यो कमजोरीको भारी उद्यमीलाई बोकाउन नमिल्ने उनले बताए।

प्रतिकृया