नीति तथा कार्यक्रम फिर्ता लिएर पुनर्लेखन गर्न सरकारलाई ओलीको आग्रह
प्रकाशित मिति
२०८० जेष्ठ ७ गते, आईतवार १२:५२

७ जेठ २०८०, काठमाडौँ: प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम फिर्ता लिन आग्रह गरेका छन् ।
आइतबार बसेको प्रतिनिधि सभाको बैठक सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री ओलीले त्यसमा धेरै विषयवस्तुहरु समेटिन नसकिएको भन्दै पुनर्लेखन गर्न माग गरे । पछि नीति तथा कार्यक्रम पास भएन वा त्यसले काम गर्न सकेन भन्नुभन्दा अहिले नै फिर्ता लिएर पुनर्लेखन गर्न आग्रह गरे ।
‘प्रस्वावित नीति तथा कार्यक्रम फिर्ता लिनुुस् । यो पुनर्लेखन गर्नुहोस् । यो पास भएन भनेर प्रतिपक्षीले भन्छ भनेर भन्नुभन्दा फिर्ता लिनुहोस् । यो देशको लागि गरेका छौँ ।’ ओलीले भने ।
त्यस्तै अहिले वैदेशिक सम्बन्धलाई व्यक्तिगत स्वार्थ परिपूर्ति गर्ने साधन बनाइएको भन्दै सरकारप्रति कटाक्ष गरेका छन् ।
Related
Recent News
- प्रभु बैंकका अध्यक्ष कार्कीले लिए गोपनीयताको शपथ
- डिशहोमले नेपालको पहिलो भर्चुअल ग्राहक प्रिभिलेज कार्ड सार्वजनिक गर्दै
- सुनचाँदी व्यवसायीको आन्दोलन उग्र, राजश्व कार्यालय अगाडि धर्ना
- गृहमन्त्री लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्री क्यासिसबीच भेटवार्ता, यि विषयमा भए छलफल
- भिजिट भिसा प्रकरणमा प्रधानमन्त्रीसमेत मुछिएका सांसद सिंहको आरोप
- आज नेप्सेमा गिरावट, कति भयो कारोबार ?
- आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता
- उपप्रमुखको आक्रोशपछि चाँगुनारायण कार्यपालिका बैठक अवरुद्ध, शिक्षा शाखाको कार्यशैलीप्रति गम्भीर आपत्ति
- गर्जाङ उपत्यका हाइड्रोले आईपीओ जारी गर्ने
- सर्वोच्च अदालतमा तीन न्यायाधीश र न्याय परिषद्मा एक सदस्यको नियुक्ति अनुमोदन
प्रतिकृया