• १८ भदौ २०८३, बिहीबार
  • ११ः४३ राती

अर्थतन्त्रको समस्या र चुनौतीहरुको दिर्घकालीन समाधान गर्नै सक्षम छौँः प्रधानमन्त्री

प्रकाशित मिति

२०८० बैशाख २४ गते, आईतवार १०:४९

२४ वैशाख २०८०, काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्रमा आएको समस्या र चुनौतीहरूको दिर्घकालीन समाधान गर्न हामी आफै सक्षम रहेको बताएका छन् ।


आइतबार नेपाल बिजनेश समिटमा प्रधानमन्त्री दाहालले विभिन्न आन्तरिक तथा बाह्य आर्थिक गतिविधिहरूमार्फत् आर्थिक वृद्धि हासिल गर्न नेपाल सरकार पूर्ण सजगता र सक्रियताका साथ लागि परिरहेको बताए ।

Kamana Sewa

उनले भने, ‘अर्थतन्त्रमा विगतमा केही समस्या र चुनौतीहरू देखापरेका छन् । ती समस्या एवं चुनौतीहरूको स्पष्ट पहिचानसहित दिर्घकालीन समाधान गर्नका लागि हामी आफै सक्षम छौं । हामी हाम्रै बलबुतामा उल्लेखित समस्या एवं चुनौतीहरूको सामना गर्ने र समाधान गर्र्ने सामथ्र्य राख्छौं र सक्छौं । त्यसका लागि नेपाल सरकार, जिम्मेवार निकायहरू र तपाई सम्पूर्ण सरोकारावालाबीच बलियो र घनिष्ट सहकार्य र परस्पर सहयोग जरुरी छ । ’

Classic Tech Desktop

प्रतिकृया