नेपाल वायु सेवा निगम कर्मचारी संघको अध्यक्षमा मानबहादुर कुवँर सहित महासचिव केशव पौडेल निर्वाचित
प्रकाशित मिति
२०७९ चैत्र २९ गते, बुधबार ११:४३
२९ चैत्र २०७९, काठमाडौँ: नेपाल वायु सेवा निगम कर्मचारी संघको निर्वाचनबाट अध्यक्षमा मानबहादुर कुवँर महासचिवमा केशव पौडेल निर्वाचित भएका छन् । कुवँर ३४४ मत हुन भने पौडेलले २७५ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नरेश यादवले १४४ मत ल्याएका छन् ।
उपाध्यक्षमा भने राजु पट्टेल २२२ मत, श्याम प्रसाद यादव २०८ र कमल प्रताप सेनले १७९ मत ल्याएर विजयी भएका छन् । उपाध्यक्ष पदका लागि ७ जना प्रतिस्पर्धी रहेका थिए। महासचिवमा २७५ मतका साथ केशव पौडेल विजयी भएका छन् उनका निकटतम प्रतिद्वन्दी भानुभक्त कटुवालले १७० मत ल्याएका छन् । उपमहासचिव पदमा उज्जवल राउतले २५३ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्दी इन्द्र थापाले १७७ मत ल्याएका थिए ।

सचिवमा परमेश्वर यादव, भरत सिंह भण्डारी, भोजराज श्रेष्ठ र डोगराज क्यापछाकि विजयी भएका छन् । कोषाध्यक्ष पदमा रवि भुसन शेखर शर्मा विजयी भएका छन् भने सहकोषाध्यक्षमा देवराज ओझा निर्वाचित भएका छन् । साथै १७ जना सदस्यहरू रहेका छन् । २७ गते संघको भवनमा भएको निर्वाचनमा कुल ६२५ मतदाता रहेकोमा ४६६ मत मात्र खसेको थियो।





प्रतिकृया