कोशी अस्पतालमा मृर्गौला प्रत्यारोपण सेवा शुरु गर्ने सहमती पत्रमा हस्ताक्षार
प्रकाशित मिति
२०७९ चैत्र २९ गते, बुधबार १२:१५
२९ चैत्र २०७९, काठमाडौँ : नेपाल सरकारको नीति तथा कार्यक्रम अनुसार देशैभर सर्वसुलभ र सर्वसाधारणको पहुुँचमा मृर्गौला प्रत्यारोपण कार्यको थालनी गर्नको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवद्वय डा. रोशनपोख्रेल र देव कुमारी गुरागाँईको पहलमा देशका सातै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने कार्यक्रमलाई निरन्तरता दिने क्रममा शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र कोशी अस्पतालबीच मृर्गौला प्रत्यारोपण सेवा शुरु गर्ने सहमती पत्रमा हस्ताक्षर गरेको छ ।
उक्त सहमती पत्रमा शहीद धर्म भक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र काकार्यकारी निर्देशक डा.पुकार चन्द्र श्रेष्ठ र कोशी अस्पतालका निमित्त प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट डा. रबिना राज सिंहले संयुक्त रुपमा हस्ताक्षर गर्नु भएको छ । मस्तिष्क मृत्यू पश्चात हुने अंगदान र अंग प्रत्यारोपण पनि गर्ने सहमती भएको उक्त कार्यक्रममा कोशीअस्पतालका कर्मचारीहरुको साथ सहयोग र उपस्थिति थियो ।

प्रत्याारोपण सेवा सुरु गर्नको लागि भौतिक पूर्वाधारहरु तायार हुँदै गरेको र जन शक्तिविकासको लागि तत्कालै कोशी अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा प्राविधिकलाई क्षमता बृद्धि गरी आत्मनिर्भर वनाउनको लागि केन्द्रमा तालिममा पठाउने सहमती भएको छ । कोशी अस्पतालको जन शक्ति प्राविधिक रुपमा प्रत्यारोपण गर्न सक्षम नहुँदा सम्म केन्द्रले प्राविधिक जनशक्ति र अन्य प्राविधिक सहोग समेत गर्ने सहमती भएको छ ।

केन्द्रको पहलमा यस अघि गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीयअस्पताल पोखरा र कर्णली प्रदेशको प्रदेश अस्पताल सुर्खेतमा प्रत्यारोपण सेवा शुरु भै सकेको छ । सातै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्नको लागि केन्द्रले सुदुर पश्चिम प्रदेश अन्तर्गत सेती प्रादेशिक अस्पताल धनगढी र बागमती प्रदेशको मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पताल पनि प्रत्याारोपण सेवा सुरू गर्ने सहमती पत्रमा हस्ताक्षर गरिसकेको छ ।




प्रतिकृया