• १० असोज २०८३, शनिबार
  • ७ः०६ बिहान

लघुवित्त पीडितहरुले भने– प्रचण्ड सरकार कि मुक्ति, कि मारिदेउ

प्रकाशित मिति

२०७९ चैत्र २८ गते, मंगलवार ०५:४३

२८ चैत्र २०७९, काठमाडौँ: डेढ वर्षदेखि आन्दोलनरत लघुवित्त पीडितहरुले सरकारसँग न्यायको भाग गरेका छन् । उनीहरुले ५८ लाख दिदिबहिनीहरु मर्नु न बाँच्नु भएको बताएका छन् । मंगलबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरी उनिहरुले चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् । उनिहरुले “सरकार कि हामीहरुलाई मुक्ति देउ कि गोली हानिदेउ” भन्दै थप संघर्षका कार्यक्रम घोषणा गरेका छन् ।

National Life

कार्यक्रममा लुघुवित्तय संस्था विरुद्धको संघर्ष समिति ले अध्यक्ष मनिराम ज्ञावालीको नेतृत्वमा बैशाख ५ गतेदेखि आमरण अनसनको घोषणा गरेको छ । त्यस्तै, देशब्यापीरुपमा संघर्षलाई थप आक्रामक गर्ने उद्घोष गरेका छन् । चैत २१ देखि माइतिघर मण्डलामा अनसनरत पीडितहरुले लघुवित्तले आफूहरुलाई मर्नु न बाच्नुको अवस्थामा पु-याएको बताए । उनीहरुले आफूहरु घरमा बस्ने नसक्ने अवस्था सिर्जना भएको बताएका छन् ।


समितिका अध्यक्ष ज्ञावालीले पीडितहरुको जीवन मर्नु न बाँच्नुको अवस्थामा पुर्याने लघुवित्तले कायौंको ज्यान लिइसकेको र सयौंलाई विस्थापित गरिसकेको जानकारी दिए । ज्ञावालीले न्यायको निम्ति आफूहरुले निष्कर्षसहितक अन्तिम लडाइँको लागि चरणबद्ध आन्दोलनको घोषणा गरेको बताए । राष्ट्रिय किसान संघ सञ्जाल नेता अगस्त अधिकारीले लघुवित्तिय संस्थाहरुले राष्ट्र बैंकको निर्देशिका र प्रचलित ऐन कानुन मिचेर आमजनतालाई गर्दै आएको ज्यानमारा ज्यादतिबाट न्याय पाउन आफ्नो किसान संगठनले सम्पूर्ण सयोग गर्ने प्रतिबद्धता जाहेर गरे ।

Classic Tech Mobile
Classic Tech Desktop

संघर्ष समितिका केन्द्रीय सचिव रमेश तामाङले देशका झण्डै ५८ लाख महिलाहरु लघुवित्तहरुको ऋणि भएको र अधिकाशंलाई ब्याजको स्याज लगाएर गैरकानुनी तिरकाले यातना दिएको आरोप लगाए । उनले अहिले गरिब दुःखीको पार्टी माओवादी र त्यसका अध्यक्ष प्रचण्डले नेतृत्व गरेको सरकार मुख दर्शक भएर बस्नु गलत भएको बताउँदै भने, “प्रचण्डज्यू तपार्इँ साँच्चिकै गरिब जनताको नेता हो भने अब यहि हो मौका ऋण मिनाहा गरेर न्याय दिनुस् ।”


त्यसैगरी समितिकी केन्द्रीय कोषाध्यक्ष शिखा रेस्मीले आफूहरुको आन्दोलनलाई साथ दिनुको सट्टा पीडितहरु पीडामा घ्यू थप्ने कार्य गरेको र त्यस्तो नगर्न चेतावनी दिइन् । अभियान्ता दुर्गा प्रसाईले बैंक तथा वित्तिय संस्थाविरुद्धको नाममा पीडितकै विरुद्ध लागेको बताए । उनले दुर्गा प्रसाईले बास्तविक पीडितलाई न्याय दिन नसक्ने बताउँदै आफ्नो लागि नबोल्न समेत सुझाव दिइन् ।


दाङकी पार्र्वती भूषाल, बर्दियाकी सविता बिक, चितवनकी माया महत, नवलपरासीकी मायादेवी थारुलगायतले लघुवित्तहरुको ज्यादतीविरुद्ध आत्मदाहसम्म गर्न तयार भएको बताए ।


यस्ता छन् थप संघर्षका कार्यक्रमः
१. चैत्र २९ गतेदेखि बैशाख २ गतेसम्म वडा र स्थानीय तहहरुमा व्यापक विरोध प्रदर्शनका साथै ज्यादतीका विरुद्ध प्रतिरोध गर्ने ।
२. २०८० साल बैशाख ३ र ४ गते राष्ट्रिय लोकमार्गहरुमा सडक बिस्तारमा सुत्ने ।
३. बैशाख ५ गते अध्यक्ष मनिराम ज्ञवालीको नेतृत्वमा आमरण अनसन बस्ने ।
४. पीडितलाई स्वतरुफूर्त रुपमा आमरण अनसन बस्ने लागि आह्वान गर्ने ।
५. माग पूरा नभए वडा, स्थानीय तह हुँदै केन्द्रसम्म आन्दोलन शसक्त बनाउने ।

प्रतिकृया