• १७ भदौ २०८३, बुधबार
  • ३ः२५ दिउँसो

एकीकृत समाजवादीको सचिवालय बैठक सुरु

प्रकाशित मिति

२०७९ चैत्र १४ गते, मंगलवार १२:२०

चैत १४, २०७९, काठमाडौँ : नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरु भएको छ। मंगलबार अपरान्ह १२ करिब बजे पार्टी केन्द्रीय कार्यालय, आलोकनगरमा बैठक सुरु भएको हो। बैठकमा सरकारमा कसलाई सहभागि गराउने बारेलगायत समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुने पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।


पार्टीले तीन मन्त्रालयसहित सात प्रदेशमध्ये एक प्रदेशमा आफ्नो नेतृत्व हुनुपर्ने दाबी गरेको छ। आज बिहान एकीकृत समाजवादीका नेताहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बालुवाटारमा भेटवार्ता गरेका थिए।

Kamana Sewa

आजै अपरान्ह ४ बजे सत्तारूढ गठबन्धनका शीर्ष दलहरूबीच छलफल हुँदैछ। मन्त्रिमण्डल बिस्तार गर्न दलहरूबीच कसरत बढेको हो। दलहरूबीच भागबन्डा नमिल्दा मन्त्रिमण्डल बिस्तार हुन सकेको छैन।

Classic Tech Desktop

प्रतिकृया