• २४ भदौ २०८३, बुधबार
  • ३ः४६ राती

नेपाल एयरलाइन्सका दुई महिला पाइलटले गरे अन्तर्राष्ट्रिय उडान

प्रकाशित मिति

२०७९ फाल्गुन २४ गते, बुधबार ११:२२

२४ फागुन २०७९, काठमाडौँ: नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का दुई महिला पाइलटले अन्तर्राष्ट्रिय उडान गरेका छन् । पाइलट भावना गिरी पन्तसँगै कोपाइलट श्रृजना राउतको टोलीले उडान भरेका हुन्। एयर बस ३२० जहाजमा पाइलट, को-पाइलट र एयरहोस्टेस सबै महिला रहेका छन् ।

National Life

यूएईबाट काठमाडौंका लागि आज बिहान ४ बजेर ५५ मिनेट जाँदा उडेको उक्त जहाजमा सबै क्रू मेम्बर महिला रहेको निगमले जनाएको छ । जहाज बुधबार बिहान ९ बजेर ५५ मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ। त्यस्तै एयरहोस्टेसहरुमा बास्ना राना, पुरअन्जक महर्जन, संगीता केसी र अनिशा प्रजापति रहेका छन् ।


निगमले महिला दिवसका अवसरमा एउटा उडान सबै महिला क्रू मेम्बरबाट गराएको हो। निगमका सहायक प्रवक्ता गणेशकुमार घिमिरेकाअनुसार नेपालको अन्तर्राष्ट्रिय उडान इतिहासमा यो नै सबै क्रू मेम्बर महिला भएको पहिलो उडान हो ।

Classic Tech Mobile
Classic Tech Desktop

‘उडानमा सबै क्रु मेम्बर यसअघि पनि सक्रिय थिए। तर एउटै जहाजमा सबैजना महिला क्रु मेम्बरले सेवा दिएका थिएनन्’, उनले भने, ‘नारी दिवसको दिन निगमले यो अवसर दिएको हो ।’

प्रतिकृया