• २८ भदौ २०८३, आइतबार
  • १२ः२६ दिउँसो

प्रधानमन्त्री प्रचण्डले गरे सरोज उपाध्यायप्रति श्रद्धाञ्जली अर्पण

प्रकाशित मिति

२०७९ फाल्गुन २२ गते, सोमबार ०३:१५

२२ फागुन, २०७९, काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीका नेता सरोजकुमार उपाध्यायप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । गत शनिबार काठमाडौंको शंखमुलस्थित एक रेष्टुरेन्टको ६ तला माथिबाट खसेर उपाध्यायको निधन भएको थियो । उपाध्याय एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालका भाइ हुन् ।

National Life

एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगर पुगेर प्रधानमन्त्री प्रचण्डले उपाध्यायप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् । उनले माधव नेपालसहित सम्पूर्ण परिवारजनमा समवेदना पनि प्रकट गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।


आज अन्त्येष्टि गर्नुअघि अन्तिम श्रद्धाञ्जलीका लागि पार्थिव शरीरलाई पार्टी कार्यालयमा राखिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया