• १० असोज २०८३, शनिबार
  • २ः०४ राती

सेवानिवृत्त प्रहरी अतिरिक्त महानिरीक्षक पूजा सिंहको बिदाइ

प्रकाशित मिति

२०७९ फाल्गुन ७ गते, आईतवार ०४:१७

७ फागुन २०७९, काठमाडौँ:  प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले प्रहरी सेवाबाट हालै सेवानिवृत्त हुन लाग्नु भएकी प्रहरी अतिरिक्त महानिरीक्षक पूजा सिंहलाई शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमबीच बिदाइ गर्नुभएको छ ।बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सिंहले आफ्नो अविछिन्न लामो सेवाद्वारा नागिरक र संगठनलाई गर्नुभएको योगदानको प्रशंसा गर्नुको साथै अवकाश पछिको व्यवासयिक एवम् सुखमय पारिवारिक जीवनको शुभकामना व्यक्त गर्नुभयो ।

National Life

विभिन्न कालखण्डमा सफल महिला कमाण्डरको रूफमा निर्वाह गरेको भूमिकाको स्मरण गर्दै प्रहरी महानिरीक्षक सिंहले सेवानिवृत्त हुन लाग्नु भएकी प्रहरी अतिरिक्त महानिरीक्षकबाट सेवानिवृत्त जीवन पश्चातपनि रचनात्मक सहयोगको अपेक्षा राखेको र आगामी दिनमा संगठनको श्रीवृद्धिका लागि आवश्यक सल्लाह, सुझाव एवम् सहकार्य निरन्तर प्राप्त हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । 


सो अवसरमा प्रहरी महानिरीक्षक सिंहले सेवानिवृत्त हुनु भएकी प्रहरी अतिरिक्त महानिरीक्षक सिंहलाई मायाको चिनो प्रदान गर्नुभयो ।  कार्यक्रममा सेवानिवृत्त हुनु भएकी प्रहरी अतिरिक्त महानिरीक्षक सिंहले आफ्नो सेवा अवधिमा गरेका अनुभव समेटी आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । उहाँले सेवा निवृत्त हुने क्रममा एक पटकको प्रहरी सधै प्रहरी रहने भएकोले वर्दियुक्त जीवनबाट मात्र अवकास हुन लागेको बताउनुभयो । प्रहरी सेवामा रहने क्रममा संगठनका सदस्यबाट प्राप्त सद्भाव प्रति सधै ऋणी रहने बताउँदै उहाँले यो अवस्थासम्म आइपुग्ने क्रममा नेतृत्व विकासमा मार्ग दर्शन गर्नुहुने अग्रज प्रहरीप्रति सम्मान व्यक्त गर्नुहुँदै उहाँले भन्नुभयो, “नेपाल प्रहरीको प्रशासनतर्फको पहिलो महिला प्रहरी अत्तिरिक्त महानिरीक्षक हुने क्रममा तालुक गृह मन्त्रालय र प्रहरी महानिरीक्षकको भूमिकाप्रति आभार एवम् कृतज्ञता व्यक्त गर्न चाहन्छु ।”

Classic Tech Mobile
Classic Tech Desktop

सो अवसरमा उहाँले करिब ३० वर्ष लामो सेवाअवधिमा संगठनमा रहने क्रममा सहकर्मी एवम् मातहत प्रहरी कर्मचारीबाट प्राप्त निरन्तर साथ र सहयोगका लागि हार्दिक आभार एवम्कृ तज्ञता व्यक्त गर्नुभयो । सेवानिवृत्त हुनु भएकी प्रहरी अतिरिक्त महानिरीक्षक सिंह वि.सं. २०४९ चैत ११ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गर्नुभएको थियो । प्रहरी अतिरिक्त महानिरीक्षक प्रहरी नियमावली २०७१ बमोजिम ५६ वर्षीय उमेर हदको कारण फागुन ७ गते अवकास हुन लाग्नु भएको हो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू एवम्व रिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

प्रतिकृया