• १५ भदौ २०८३, मंगलबार
  • १०:२१ बिहान

विओपी वीरगंजबाट श्रोत नखुलेको नगद सहित व्यक्ति नियन्त्रणमा

प्रकाशित मिति

२०७९ माघ २९ गते, आईतवार ०४:५८

२९ माघ २०७९, काठमाडौँ: सशस्त्र प्रहरीले मातृभूमिलाई दिएकाे जानकारी अनुसार २०७९/१०/२९ गते ११ः४५ बजेको समयमा जिल्ला पर्सा वीरगंज म.न.पा. १६ शंकराआचार्य गेट स्थित बिरगंज बिओपि बिरंगजका सप्रनानिको कमाण्डमा खटिएको ७ जनाको गाडी मोवाइल टोलीले चेकजाच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेको BR 05 AV 3477 नम्बरको मो.सा. मा सवार जिल्ला पर्सा बिमनपा १६ बस्ने बर्ष २६ को रामप्रबेश कुमारले लगाएको हेल्मेटमा लुकाई छुपाई ल्याउँदै गरेको अवस्थामा फेला परेको छ ।


उनीहरुसँग आवश्यक कागजात तथा श्रोत नखुलेकोले निम्न परिमाणको नेपाली नगद रुपैया ८,००,०००(आठ लाख) फेला परेको हुदाँ निजहरुलाई रुपैया ,मो.सा. र निजको साथमा रहेको मोबाईल थान १ सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी बिओपि बिरगंजमा ल्याई राखिएको र नेपाल प्रहरीलाई बुझाउने प्रकृयामा रहेको छ ।

Kamana Sewa

नगद नेपाली रुपैयाँ
१. रु १,०००।( दरको नोट ७५० थान जम्मा रु ७,५०,०००।( सात लाख पचास हजार)
२. रु १००( दरको नोट ५०० थान जम्मा रु ५०,०००( पचास हजार)
जम्मा नेपाली रु ८,००,०००( आठ लाख)

Classic Tech Desktop

प्रतिकृया