• १८ भदौ २०८३, बिहीबार
  • ११ः४० राती

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

प्रकाशित मिति

२०७९ माघ १५ गते, आईतवार ०२:४१

१५ माघ २०७९, काठमाडौँ : रवि लामिछानेले नेपाली नागरिकता पुनस् प्राप्त गरेसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । लामिछाने पुनस् नागरिकता प्राप्त गरेपनि उनलाई फेरि सभापति बनाउने तयारी रहेको छ । लामिछानेले अमेरिकी नागरिकता त्यागेपनि नेपाली नागरिकता पुनस् प्राप्त नगरेको कारण अदालतले उम्मेदवारी खारेज गरिदिएपछि पार्टी सभापतिबाट हट्नु परेको थियो ।


रास्वपाले आइतबार दिउँसो साढे ३ बजे बैठक बोलाएको हो । यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर लामिछानेले नागरिकता नियमवालीको नियम ११ अनुसार नागरिकता पुनस् प्राप्तिका लागि निवेदन दिएका थिए । निवेदनअनुसार उनले नागरिकता पुनस् प्राप्त गरिसकेका छन् ।

Kamana Sewa

अदालतको फैसलापछि लामिछानेले उपप्रधान तथा गृहमन्त्री, संसदीय दलको नेता, सांसद र पार्टी सभापतिबाट हट्नु परेको थियो ।

Classic Tech Desktop

प्रतिकृया