• १८ भदौ २०८३, बिहीबार
  • ३ः१० राती

नागरिकता पुनर्प्राप्तिका लागि जिल्ला प्रशासन कार्यालय पुगे रवि लामिछाने

प्रकाशित मिति

२०७९ माघ १५ गते, आईतवार १२:०८

१५ माघ २०७९, काठमाडौँ: काठमाडौं। सर्वोच्चको आदेशपछि नागरिकता पुनर्प्राप्तिका लागि प्रक्रिया पूरा गर्न रवि लामिछाने जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका छन् । शुक्रबार सर्वोच्च अदालतको संवैधानिक आदेशले रविको नागरिकता अवैध भएको ठहर गर्दै नागरिकता लिने प्रक्रिया पूरा गर्न आदेश दिएको थियो । सोहीअनुसार लामिछाने केहीबेरअघि प्रशासन पुगेका हुन् ।


लामिछालेले नागरिकता लिनका लागि गृह मन्त्रालयसँग समेत परामर्श गरेका थिए । गृहले नियमित प्रक्रियाबाट नागरिकता लिन सकिने बताएपछि उनी सोहीबमोजिम प्रशासन पुगेको बताइएको छ ।

Kamana Sewa

सर्वोच्चको फैसलामा उनले नागरिकता लिन प्रक्रिया पूरा गर्नुपर्ने मात्रै भनेकाले सोहीअनुसार सामान्य प्रक्रियाबाट नागरिकता लिने तय भएको हो । अमेरिकी नागरिकता त्यागेको कुरा सत्य भए पनि त्यसपछि उनले पुरानो नागरिकता आफूखुसी प्रयोग गरेको पुष्टि भएको थियो । त्यही नागरिकता उनले प्रक्रिया पुरा गरेर ब्युताउन लागेका हुन् ।

Classic Tech Desktop

लामिछानेले २०५० साल फागुन १० गते जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट नेपाली नागरिकता प्राप्त गरेका थिए । जिल्ला प्रशासन कार्यालय काठमाडौंको विवरणमा उनको नागरिकता नम्बर १८२२२ रहेको उल्लेख छ । कामको सिलसिलामा अमेरिकामा पुगेका लामिछानेले २०१४ को फेब्रुअरी २१ मा अमेरिकाको नागरिकता प्राप्त गरेका थिए ।

प्रतिकृया