• ६ असोज २०८३, मंगलबार
  • ११ः३२ बिहान

प्रधानमन्त्री ओलीलाई जगन्नाथ पुरी भ्रमणका लागि निमन्त्रणा

प्रकाशित मिति

२०७६ श्रावण २१ गते, मंगलवार ११:३९

काठमाडौँ, भारत, उडिसा, जगन्नाथ पुरीस्थित गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्दले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जगन्नाथ पुरी भ्रमणका लागि निमन्त्रणा दिएका छन ।

National Life

सनातन संस्कृति समाजका संरक्षक संहिताशास्त्री अर्जुनप्रसाद बाँस्तोलाको नेतृत्वमा गएको नेपाली प्रतिनिधिमण्डलमार्फत मठका शङ्कराचार्यले सो निम्ता दिएका हुन ।

हिन्दूधर्मका चारधाम बद्री, केदार, रामेश्वर र जगन्नाथ धाममध्ये उडिसामा जगन्नाथ र गोवद्र्धन मठ पर्छन् । प्रतिनिधिमण्डलमा समाजका उपाध्यक्ष धर्मराज बराल, महासचिव पुष्पराज पराजुली, समाजका सदस्य तथा अन्तरराष्ट्रिय मैत्री समाज नेपालका अध्यक्ष प्रदीप खनाल, भानु प्रतिष्ठानका महासचिव डिपी अर्याल, सदस्य पुष्कर आचार्य, दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तलगायत रहेका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

उक्त समाजले नेपाल भ्रमण वर्ष २०२० का अवसरमा आगामी शिवरात्रि वा कुनै अनुकूल समयमा नेपालको भ्रमणका लागि पुरीका शङ्कराचार्यलाई निमन्त्रणमा पनि दिएको छ ।

प्रतिकृया