• ६ असोज २०८३, मंगलबार
  • १०ः२१ बिहान

वनमन्त्री बस्नेत र सचिव ओलीबीच करार सम्झौता

प्रकाशित मिति

२०७६ श्रावण २१ गते, मंगलवार ११:२३

काठमाडौँ, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत र मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीबीच वार्षिक करार सम्झौता भएको छ ।सोमबार मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच मन्त्री बस्नेत र सचिव ओलीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

National Life

उक्त अवसरमा मन्त्री बस्नेतले मुलुकको आवश्यकता र जनताको अपेक्षालाई परिणाममा व्यक्त हुने गरी काम गर्न मातहतका कर्मचारीलाई निर्देशन दिनु भएको छ । उहाँले भन्नु भयो, ‘मुलुकको आवश्यकता र जनताको अपेक्षा परिणाममा देखिने गरी काम हुनुपर्छ, ‘काम गर्दा हामी सबैले सुशासनलाई प्राथमिकतामा राख्नैपर्छ, अन्यथा सरकारको लक्ष्य पूरा हुन सक्दैन ।’

मन्त्री बस्नेतले दण्ड र पुरस्कारको व्यवस्थालाई पारदर्शी बनाउन प्रधानमन्त्रीले मन्त्रीसँग र सचिवले सहसचिव तथा विभागीय प्रमुखहरुसँग करार सम्झौताको नीति सरकारले ल्याएको बताउनु भयो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया