• १८ भदौ २०८३, बिहीबार
  • ११ः२३ राती

भारतले फेरि पठायो इन्धनको नयाँ मूल्यसूची

प्रकाशित मिति

२०७९ माघ २ गते, सोमबार ०३:४५

२ माघ २०७९, काठमाडौँ: भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको नयाँ मूल्यसूची पठाएको छ । १५–१५ दिनमा नयाँ मूल्यसूची पठाउने सहमतिअनुरूप आईओसीले निगमलाई नयाँ सूची पठाएको हो ।


नयाँ सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ ५१ पैसा बढेर आएको निगमका आपूर्ति तथा वितरण विभागका निर्देशक वीरेन्द्र गोइतले जानकारी दिए ।

Kamana Sewa

उनका अनुसार डिजेल भने प्रतिलिटर ३ रुपैयाँ ७३ पैसा घटेर आएको छ । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको निर्देशनअनुरुप आयल निगमले पुस २४ गते पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३/३ रुपैयाँ तथा हवाई इन्धनमा ३० रुपैयाँसम्म मूल्य घटाएको थियो । निगमले आईओसीलाई तिर्नुपर्ने बक्याैता रकम करिब ११ अर्ब रुपैयाँ छ भने सरकारलाई करिब ७ अर्ब रुपैयाँ ऋण तिर्नुपर्ने दायित्व छ ।

Classic Tech Desktop

प्रतिकृया