• ३ असोज २०८३, शनिबार
  • ३ः४३ दिउँसो

गुण्डुमा गरियो २ हजार ९० लिटर अबैध घरेलु मदिरा नष्ट

प्रकाशित मिति

२०७६ श्रावण १९ गते, आईतवार ११:२७

भक्तपुर, सूर्यविनायक नगरपालिका–७ गुण्डु किवाचोकमा शनिबार प्रहरीले अबैध घरेलु मदिरा नष्ट गरेको छ । अबैध घरेलु मदिरा र कच्चा पदार्थ गरी २ हजार ९० लिटर भक्तपुर प्रहरीले बरामद गरी स्थानीय वुद्धिजीवी र जनप्रतिनिधिको रोहवरमा नष्ट गरेको हो ।

National Life

महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी वृत्त जगतीबाट खटिएको प्रहरी टोलीले उक्त परिमाणको घरेलु मदिरा नष्ट गरेको छ भने घरेलु मदिरा बनाउन प्रयोग गरिने विभिन्न भाँडाकुडा र ड्रमहरु नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिकृया