• १३ असोज २०८३, मंगलबार
  • १०ः४३ बिहान

नेपाल बैंक र लुम्बिनी प्रदेश सरकारबीच अनुदानग्राही उद्यमीहरुलाई ब्याज अनुदानमा ऋण दिने सम्झौता

प्रकाशित मिति

२०७९ कार्तिक २० गते, आईतवार ११:१०

२० कात्तिक २०७९, काठमाडौँ: नेपालको पहिलो बैंक नेपाल बैंकको प्रादेशिक कार्यालय बुटवल र लुम्बिनी प्रदेश सरकार, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयसँग उद्यम बिकास कोष संचालन नियमावली २०७७ अनुसार आर्थिक वर्ष २०७९/८० को प्रस्ताव बमोजिम अनुदानग्राही उद्यमीहरुलाई ब्याज अनुदानमा कर्जा प्रवाहगर्ने सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको छ ।

National Life

यस सम्झौता बमोजिम पाँच बर्षकालागी प्रवाह गर्ने ऋणमा ब्याज अनुदानको सीमा बढीमा तीन बर्षसम्म ५ लाख रुपैयाँमा नबढ्ने गरी ऋणको परिमाण निबेदकको माग बमोजिम प्रतिउद्यमी अधिकतम २० लाख रुपैयाँसम्म हुनेछ । यस सम्झौता बमोजिम ब्याज अनुदानकालागी एघार करोड रुपैयाँ उक्त कोषमा बिनियोजन गरिएको छ ।


यस सम्झौता बमोजिम अनुदानग्राही उमद्यीहरुलाई कर्जा प्रदान गर्दा बैंकले सेवा शुल्कवाफत ०।४० प्रतिशत, नियमानुसार कर्जा सूचना शुल्क तथा बिमा प्रिमियम आदि मात्र शुल्क लिनेछ । बैंकले लिएको ब्याज त्रैमासिकरुपमा मन्त्रालयले शोधभर्ना गरी अनुदानग्राहीको खातामा जम्मा गर्ने ब्यबस्था मिलाईएको छ । ब्याज अनुदानमा कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौता बमोजिम उद्यमीहरुले बैंकले माग गरेका कागजातहरु र बैंक नियमानुसारको धितो सुरक्षण र आबश्यक जमानत दिनु पर्नेछ ।

Classic Tech Mobile
Classic Tech Desktop

मिति २०७९ कार्तिक १७ गते लुम्बिनी प्रदेश सरकार, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय मुकाम बुटवलमा भएको उक्त सम्झौतापत्रमा मन्त्रालयका तर्फबाट उप सचिव बिजयबहादुर कार्की तथा बैंकको तर्फबाट नेपाल बैंक लिमिटेड, लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख शुशील कुमार नेपालले हस्ताक्षर गरेका छन् ।


नेपालभर २२२ शाखाहरु, १९८ एटिएम साथै ४९ वटा एक्टेन्सन काउन्टरमार्फत करिब २३ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ्ग प्रविधिमार्फत् बैकिङ्ग सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धीरुपमा अगाडि बढिरहेको छ । बैंकले आगामी कात्तिक ३० गते आफ्नो ८६औं बार्षिकोत्सव मनाउन गइरहेकोछ ।

प्रतिकृया