भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ
प्रकाशित मिति
November 4, 2022
१८ कार्तिक २०७९, काठमाडौं : भारतीय आयल कर्पोरेसन (आइओसी) ले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ ।आइओसीले पन्ध्र-पन्ध्र दिनमा पेट्रोलियम पदार्थको नयाँ मूल्य नेपाल आयल निगमलाई पठाउने गर्दछ । सोही मूल्यको आधारमा निगमले उपभोक्ता मूल्य तोक्नेछ । नयाँ मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर ६१ पैसा, डिजल प्रतिलिटिर ५ रुपैयाँ ७६ पैसा, मट्टीतेल प्रतिलिटर ४ रुपैयाँ ०१ पैसा र हवाई इन्धन प्रतिलिटर ४ रुपैयाँ ७७ पैसाले बढेर आएको नेपाल आयल निगमले जनाएकाे छ ।
निगमले अझै १५ दिनमा डिजलमा प्रतिलिटर १२ रुपैयाँ १४ पैसा र खाना पकाउने ग्यासमा २ सय २८ रुपैयाँ ८४ पैसा प्रतिसिलिन्डर घाटा रहेको जनाएको छ । पेट्रोल, हवाई इन्धन र मट्टीतेलमा भने केही नाफा नै छ । भारतले मूल्य बढाएर पठाएपछि नेपालमा पनि अझै बढ्ने संकेत देखिएकाे छ ।
Related
Recent News
- देश र जनताका हितमा सरकारले एतिहासिक काम गरेको छ : प्रधानमन्त्री
- प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ : राष्ट्रपति पौडेल
- आज विश्व प्रेस स्वतन्त्रता दिवस, विविध कार्यक्रम गरी मनाइँदै
- मुख्यमन्त्री सोडारी विश्वासको मत लिँदै, छुट्टाछुट्टै तयारीमा नाउपाका दुई पक्षका सांसद
- बिरामी बालकको मृत्यु भएपछि गौरीगञ्ज अस्पताल तोडफोड, अनिश्चित कालका लागि सेवा बन्द
- वेस्ट इन्डिज ‘ए’ द्वारा नेपाललाई २ सय १० रनको लक्ष्य
- वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई दोस्रो विकेट
- घटेको छैन वायु प्रदूषण, काठमाडौैं र भरतपुर ‘अस्वस्थकर’
- एकैदिन तोलामा दुई हजार रुपैयाँले बढ्यो सुनको मूल्य
- आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, विविध कार्यक्रम गरी मनाइँदै
Crime
- बागमती नगरपालिकाका मेयर भरत थापाविरुद्ध भ्रष्टाचार मुद्दा
- ढोलाहिटी घटना पुरानै विवादका कारण भएको पाइयो : आईजीपी कुँवर
- सेफ्टी ट्याङ्कर भित्र लागु औषध (Wincerex) ४७५ बोतल लुकाउ छिपाउ गरी कारोबार गर्ने मानिस पक्राउ
- स्थायी शिक्षक विन्दु गौतमको प्रमाणपत्र नक्कली भएकोले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर
- प्रहरी हुँ भन्दै ठगी गर्ने महिला पक्राउ
प्रतिकृया