• ४ असोज २०८३, आइतबार
  • १ः५२ राती

चलचित्र ‘प्रकाश’ जनयुद्ध र राजनीतिक पूर्वाग्रह सहित निर्माण गरिएको भन्दै शिक्षामन्त्री पौडेलको आपत्ति

प्रकाशित मिति

२०७९ भाद्र १९ गते, आईतवार ११:३५

१९ भाद्र २०७९, काठमाडौँ : शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्री देबेन्द्र पौडेलले चलचित्र ‘प्रकाश’ राजनीतिक पूर्वाग्रह सहित निर्माण गरिएको जनाएका छन । शनिबार राजधानीको बिश्वज्योति चलचित्र घरमा ‘प्रकाश’ हेरेपछि सञ्चारकर्मीहरुसँग सक्षिप्त कुराकानी गर्दै उनले चलचित्रमा राखिएका कतिपय दृष्य र बिम्बहरु राजनीतिक पूर्वाग्रह सहित प्रयोग गरिएको आफुले बुझेको बताए ।

National Life

चलचित्र जनयुद्ध लडेर आएको पार्टी प्रति लक्षित गरिएको भन्दै उनले चलचित्रले देखाएका केही प्रसंगहरुमा आपत्ति समेत जनाएका छन् । चलचित्रमा कम्युनिष्ट पार्टीको झण्डाको प्रयोग गरिएको छ भने माओबादी जनयुद्धको पृष्ठभूमि र वेपत्ता परिवारको प्रसंगपनि जोडिएको छ ।


यस्ता बिम्बहरु राजनीतिक आस्थासँग जोडिएर प्रस्तुत भएको भन्दै मन्त्री पौडेलले भने – ‘मैले चलचित्र हेर्दा शिक्षकसँग सम्बन्धित भन्दा पनि एउटा आस्थासँग सम्बन्धित देखे । राजनीति सँग सम्बन्धित । त्यहाँ प्रस्तुत गरेको झण्डा, त्यहाँ प्रस्तुत गरेको बिम्ब, आफै पनि शहिदको छोरा, बिकृति गर्नेलाई निर्वाचन जिताएको त्यही सम्बन्धित पार्टीबाट, त्यसको सन्देश शिक्षा सँग भन्दा पनि राजनीतिसँग सम्बन्धित भएर फिल्म प्रकट भएको मलाई महशुस हुन्छ ।’

Classic Tech Mobile
Classic Tech Desktop

नेकपा माओबादी केन्द्रका प्रभावशाली नेता समेत रहेका पौडेल जनयुद्धमा होमिएका नेता हुन् । जनयुद्ध हुँदै राज्य सत्तामा पुगेका उनले शुरु देखि अन्तिम सम्म चलचित्रमा जसरी एउटा चित्र देखाउन खोजिएको छ, त्यसलाई चलचित्र बनाउने आफैले पनि समिक्षा गर्नु पर्ने बताएका छन् । उनले चलचित्र एउटा आन्दोलनसँग जोडिएको भन्दै जुन स्थानको कथा देखाइएको त्यहीका जनताले यो कति यथार्थ हो भनेर फैसला गर्ने जनाए । ‘फिल्मको अन्त्यमा जे देखाइयो त्यो हो की होइन भन्ने कुरा जुम्लाका जनताले फैसला गर्ने कुरा हो’ भन्दै उनले आज पनि त्यहाँका जनताको विश्वास त्यही जनयुद्ध लडेको पार्टी प्रति नै भएको बताए ।


नेपालमा शिक्षाको स्तर चलचित्रमा प्रस्तुत भएको भन्दा धेरै अघि बढेको भन्दै उनले सामुदायिक बिद्यालयको अवस्था पनि सुधारिएको जनाए । अहिले शिक्षामा धेरै सुधार भइसकेको भन्दै उनले ४० वर्ष पहिलेको जस्तो गरि देखाउन नहुने जनाएका छन् ।

चलचित्रमा प्रयोग गरिएका बिम्ब अनुभूति गर्दा केही सन्देश दिन खोजेको महशुस् भएपनि समावेशी सम्बन्धि जे प्रकट गर्न खोजेको त्यो त्यति क्लियर नभएको उनले जनाएका छन् । उनले भने – ‘समावेशी भनेर समुदायको, राज्यका सबै निकायको प्रतिनिधित्व गर्ने कुरा संबिधानले भनेका कुरा र त्यो मुभमेण्टसँग त्यहाँ प्रस्तुत गर्न खोजिएका कुराको तादम्यता खासै मेल खाएको देखिदैन ।’

समग्रमा चलचित्र राम्रो बनेको र एउटा सन्देश दिन खोजेको भन्दै उनले चलचित्रमा प्रस्तुत गरिएको समावेशीको र गरिविको कुरा प्रति भने एक्यबद्धता रहेको बताएका छन् ।

दिनेश राउतको निर्देशन रहेको चलचित्रलाई विकास सुबेदीले लेखेका हुन् । महेन्द्र अधिकारीको निर्माण रहेको चलचित्रमा प्रदिप खड्का, दिया मास्के, रेनु योगी, राजन खतिवडा, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रले दोस्रो सातामा पनि उत्कृष्ट ब्यापार गरिरहेको निर्माण टिमले जनाएको छ । वितरक रोहित कट्टेलले दोस्रो हप्तामा पनि चलचित्र अधिकांश शोमा हाउसफूल भएको जनाए ।

प्रतिकृया