• ३ असोज २०८३, शनिबार
  • ३ः४४ दिउँसो

रत्नपार्कमा विद्युतीय चार्जिङ स्टेसन सञ्चालन

प्रकाशित मिति

२०७९ भाद्र १४ गते, मंगलवार ०२:३९

१४ भाद्र २०७९, काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणले काठमाडौंको रत्नपार्कमा चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ । मंगलबारदेखि देशका विभिन्न भागमा राख्ने कार्यक्रम अन्तगर्त ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले नेपाल विद्युत् प्राधिकरण्को रत्नपार्कस्थित केन्द्रीय कार्यालयमा स्थापना भएको चार्जिङ स्टेसनको उद्घाटन गरेकी हुन् ।

National Life

विद्युत् खपत प्रबर्द्धन गर्न तथा विद्युतीय सवारीको प्रयोगलाई बढावा दिने उद्देश्यले चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको प्राधिकरणले जनाएको छ । देशका प्रमुख शहर तथा राजमार्गहरुमा पनि द्रुत सवारी चार्जिङ स्टेसनहरुको स्थापना गर्ने तयारी भइरहेको प्राधिकरणले जनाएको छ।


प्राधिकरणका अनुसार देशका विभिन्‍न स्थानमा ५१ वटा चार्जिङ स्टेसन स्थापना गर्ने कार्य भइरहेको छ । २६ वटा जीबीटी ठूला बस, माइक्रो, ट्रक, पिकअप तथा कार आदिको लागि चार्जरर २५ वटा सीसीएस (साना ठूला कारहरु) चार्जर रहेका छन् । जसका लागि आवश्यक एनएसपी (नेशनल सर्भिस प्रोभाइडर) प्रणालीको विकास गरिएको प्राधिकरणले जनाएको छ। एनएसपीमार्फत उपभोक्ताले अनलाइन बुकिङ गर्न सक्नेछन् । चार्जको रकम भुक्तानीका लागि प्राधिकरणको मोबाइल एप्सप्रयोग गर्न सकिनेछ ।

Classic Tech Mobile
Classic Tech Desktop

हाल निर्माण भइरहेको चार्जिङ स्टेसनको क्षमता ६० किलोवाट डीसी प्लस, २२ किलोवाट एसी रहेको छ । यद्यपि १२० किलोवाट डीसीसम्म पनि सिंगल डीसी गनले गाडीहरु चार्ज गर्न सक्ने छ । प्राधिकरणका अनुसार नेपालमा उपलब्ध सवारी साधनहरुमा रहेको व्याट्री क्षमता अनुसार कम्तीमा आधा घण्टादेखि १ घण्टासम्ममा चार्ज पूर्ण हुन सक्छ। चार्ज गर्दा कारहरुमा औसत ७० पैसा, एसयूभीहरुमा ८० पैसा, माइक्रोबसमा ९० पैसा र बसहरुमा एक रुपैयाँ २० पैसा प्रति किलोमिटर खर्च लाग्ने देखिन्छ।


चार्जिङ स्टेसन सञ्‍चालकले विद्युतीय सवारी साधनलाई चार्जिङ सेवा दिएवापत महसुल दरमा प्रति किलोवाट घण्टा९युनिट० मा अधिकतम २० प्रतिशतसम्म थप गरी लिन पाउने व्यवस्था रहेको छ ।

प्रतिकृया