• १६ असोज २०८३, शुक्रबार
  • ३ः४३ राती

मतपत्रमा पहिलो नम्बरमा एमालेको चुनाव चिह्न

प्रकाशित मिति

२०७९ भाद्र ९ गते, बिहीबार ०६:५७

९ भाद्र २०७९, काठमाडौं : प्रतिनिधिसभा निर्वाचनको मतपत्रमा नेकपा एमालेको चुनाव चिह्न पहिलो नम्बरमा रहने भएको छ । निर्वाचन आयोगका अनुसार ८० दलले दल दर्ताका लागि निवेदन दिएका थिए । माओवादी केन्द्रसहित चार दलले एउटै चुनाव चिह्नबाट निर्वाचनमा लड्न निवेदन दिएकाले मतपत्रमा अधिकता ८७ दलको चिह्न मात्र रहने छ ।

National Life

आयोगले यसपटक उम्मेदवारी दिएका दलहरुको मात्र चिह्न राखेर मतपत्र छाप्ने भनेकाले जिल्लारनिर्वाचन क्षेत्रअनुसार मतपत्रमा चुनाव चिह्नको संख्या तलमाथि हुनेछ । यसरी राखिने चुनाव चिह्नको रोलक्रम भने २०७४ को निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मत संख्याको आधारमा हुने आयोगले जनाएको छ ।


समानुपातिकतर्फ सहभागी नभएका दलहरुको हकमा भने प्रतिनिधि सभारप्रदेश सभा सदस्य निर्वाचन– २०७९ का लागि दल दर्ता भएको क्रमका आधारमा हुनेछ । आयोगको यो निर्णयअनुसार मतपत्रको पहिलो नम्बरमा एमाले, दोस्रो नम्बरमा कांग्रेस, तेस्रो नम्बरमा माओवादी केन्द्रको चुनाव चिह्न रहने भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया