नेपालका ३२.५८ प्रतिशत महिलामा विषादीक सङ्क्रमण
प्रकाशित मिति
२०७६ श्रावण ६ गते, सोमबार ०८:५८
ललितपुर ( नेपालका २० देखि २९ वर्ष उमेर समूहका महिलामा विषादीको बढी सङ्क्रमण देखिएको छ । तरकारी, फलफूल, खोर, गोठलगायत विभिन्न क्षेत्रमा बढी नै महिलाले काम गर्ने तर यी वस्तुमा विषादीको प्रयोग गर्दा कुनै सावधानी नअपनाउने गरेका कारण महिलामा बढी विषादीको सङ्क्रमण देखिएको हो ।नेपालका ३२.५८ प्रतिशत महिलामा विषादीको सङ्क्रमण देखिएको कृषि तथा पशुपक्षी मन्त्रालय, बाली संरक्षण निर्देशनालयका निर्देशक डिल्लीराम शर्माले जानकारी दिनुभयो ।
‘नेपालका महिलाले विषादीको प्रयोग गर्दा कमै मात्रामा मास्क, पञ्जा, गाउन, एप्रोन, बुथ र चस्मा लगाउने गरेका छन्,’ शर्माले भन्नुभयो, ‘धेरैजसो महिलाले चुरोट खाएर नाङ्गो हातले विषादी प्रयोग गर्दा उनीहरु बढी विषादी सङ्क्रमणका सिकार हुन पुगेका हुन् ।’ नेपालले पहिलो पटक मालाथिन नामक विषादीको प्रयोग सन् १९९० देखि सुरु गरेको थियो । टाउकाको जुम्रा र कोठाभित्रको उपियाँ मार्न जथाभावी मालाथिनको प्रयोग भएसँगै पुरुषको तुलनामा महिलाको स्वास्थ्य उच्च जोखिममा भेटिएको शर्माले बताउनुभयो ।
नेपालका ६० प्रतिशत किसानले एग्रोभेटमा गएर मनलाग्दी तरिकाले विषादी खरीद गरी प्रयोग गर्ने तथा गोलभेडा वा भण्टा व्यापार गर्नुपूर्व टलक्क चम्काउन विषादीमा डुबाएर ल्याउने कुरा सुन्नुभएका शर्माले यसो नगर्न किसानलाई आग्रह गर्नुभयो ।





प्रतिकृया