• १५ असोज २०८३, बिहीबार
  • १०ः४४ राती

काठमाडौं महानगर र ट्राफिक प्रहरीको ‘नो हर्न’ अभियान शुरु

प्रकाशित मिति

२०७९ श्रावण २२ गते, आईतवार १०:३९

२२ साउन २०७९, काठमाडौं: काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजबाट ‘नो हर्न’ प्रभावकारी बनाउन अभियान सञ्चालन गरेको छ। आज एक कार्यक्रम आयोजना गरेर पुन: काठमाडौं उपत्यकामा नो हर्न अभियानलाई प्रभावकारी बनाइने जनाएको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजनमा काठमाडौं महानगरपालिका, पद्मकन्या बहुमुखी क्याम्पस र कान्तिपुर डेन्टल कलेज तथा हस्पिटलसँगको सहकार्यमा यो अभियान सञ्चालन गरेको हो ।

National Life

ट्राफिक स्वयंसेवक परिचालन समुद्घाटन कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह नो हर्न अभियानलाई काठमाडौंमा पुन: प्रभावकारी रुपमा सञ्चालन गर्न लागिएको बताए ।


उनले नो हर्न अभियान पहिलैबाटै सञ्चालन गरिएपनि कोरोना लगायत विभिन्न कारण प्रभावकारी बन्न नसकेकाले अब पुन: अभियानलाई प्रभावकारी बनाइन लागेको बताए। मेयर साहले सवारीसाधनबाट आउने हर्नका कारण मानसिक तिक्तता हुनेजस्ता समस्या बढेकोले यसलाई प्रभावकारी बनाइन लागेको बताए। उनले सवारी चालकहरूले पनि धैर्यता राखेर हर्न नबजाइ यात्रा गर्न र नो हर्न अभियानलाई सफल बनाउन आवश्यक रहेको बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख, प्रहरी नायब महानिरीक्षक मीरा चौधरीले नेपालको परिवेशमा नो हर्न अभियानलाई सफल बनाउन आवश्यक रहेको बताइन्। उनले जनचेतनामूलक कार्यक्रमले समाजमा फरक कथा बनाउने बताइन्। काठमाडौं महानगरपालिकाले ०७३ साल चैत्र महिनामा नो हर्न अभियान सञ्चालन गरेको थियो । तर कोरोना लगायतका विभिन्न समस्याका कारण अभियान प्रभावकारी बन्न सकेको थिएन ।

प्रतिकृया