• १७ भदौ २०८३, बुधबार
  • ४ः२७ बेलुका

एकैदिन ८९५ जनामा कोरोना संक्रमण,१ जनाको मृत्यु

प्रकाशित मिति

२०७९ श्रावण १६ गते, सोमबार ०५:१०

१६ साउन २०७९, काठमाडाैंः  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ९०९ परीक्षणमा ८९५ जनामा संक्रमण पुष्टि भएको हो । ३ हजार ६५८ पीसीआर परीक्षणमा ६३२ जना र २ हजार २२४ एन्टिजेन परीक्षणमा २६३ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २६४ जना संक्रमणमुक्त भएका छन् ।


मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या चार हजार ९३४ रहेको छ । संक्रमितमध्ये काठमाडौंमा ३७३, ललितपुरमा ६६, कैलालीमा २२ जना छन् ।

Kamana Sewa

सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३० हजार १२४ पुगेको छ ।

Classic Tech Desktop

प्रतिकृया