• १८ असोज २०८३, आइतबार
  • १२ः५६ राती

शेयर बजार २७.६ अङ्कले घट्यो

प्रकाशित मिति

२०७९ श्रावण ६ गते, शुक्रबार ०१:५०

६ साउन २०७९, काठमाडौंः शेयर बजार परिसूचक नेप्से आज पनि घटेको छ । हिजो बिहीवार झन्डै ६ अङ्कले घटेको शेयर बजार आज शुक्रवार २७.६ अङ्कले घटेर २०१७.४६ विन्दुमा झरेको छ। आज सबै समूहको शेयर घटेकोमा उत्पादन, बीमा, विकास बैंक, होटल तथा पर्यटन र व्यापार समूहको शेयर उच्च अङ्कले घटेको छ ।

National Life

आज दुई सय १२ वटा कम्पनीको ३३ लाख २० हजार कित्ता शेयर एक अर्ब ४४ करोड रुपैयाँमा कारोबार भएको छ। सबैभन्दा धेरै शिवम् सिमेन्टको १० करोड रुपैयाँको शेयर किनबेच भयो।आज सप्तकोशी विकास बैंकको शेयर सबैभन्दा धेरै साढे पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि किसान लघुवित्तको शेयर भने आठ प्रतिशतभन्दा धेरैले बढेको छ ।

प्रतिकृया