• ९ साउन २०८३, शनिबार
  • १०:५४ बिहान

लक्ष्मण थारु र सुरेन्द्र चौधरीसहित ५० जनाभन्दा बढि नागरिक उन्मुक्ती पार्टीमा प्रवेश

प्रकाशित मिति

२०७९ असार १२ गते, आईतवार ०४:३१

१२ असार २०७९ काठमाडौंः थरुहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारु रेशम चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठ चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेका छन् । देशको भाग्य र भविष्य अब यही पार्टीले बनाउने भन्दै उनीहरु उक्त पार्टीमा प्रवेश गरेका हुन् ।


रिपोर्टर्स क्लब नेपालमा आज (आइतबार) पत्रकार सम्मेलन गर्दै थारुसहित थरुहट थारुवान राष्ट्रिय मोर्चा दाङका केन्द्रीय सल्लाहकार सुरेन्द्र चौधरीसहित ५० जनाभन्दा बढी पार्टी आज नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका हुन् । यसरी पार्टी प्रवेश गर्नेहरुमा रामकुमार चौधरी, मोहनलाल चौधरी, बिन्दु चौधरी, सीताराम चौधरी, गणेश चौधरी, रन्जित चौधरी, बासुदेव चौधरी, लोकबहादुर लौहार, राजीब कार्की, रामलाल थारु, मोतीलाल चौधरी, जगत चौधरी, शिवलाल चौधरी, दीपक चौधरी, सकुन्तला विक, भरत विकलगायत रहेका छन् । रौतहटबाट मनोज चौधरी र कृष्णकान्त चौधरी पनि पार्टी प्रवेश गरेका छन् ।

Kamana Sewa

पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय सदस्य रामलाल दमला थारुले हिमाल, पहाड र तराईका सबै नेपालीहरुको अधिकार प्राप्तिकोलागि स्थापना भएको स्पष्ट पारे । पछिल्लो समय पार्टीप्रति ठूलो आकर्षण देखिएको पनि उनको भनाई छ । नागरिक उन्मुक्ति पार्टी जन्मिएपछि शासक वर्गहरुको मनमुटुमा धक्का पुगेको उनको भनाई थियो । उनले आफ्नो पार्टीले गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा ऐतिहासिक सफलता हासिल गरेको सुनाए । उनले निर्वाचनमा पार्टीले पाएको सफलतालाई युगान्तकारी इतिहास कोर्न सफल भएको रुपमा दर्ज गरे ।

Classic Tech Desktop

उनले सबै युवाको भविष्यका केन्द्रविन्दु भएकै कारण नागरिक उन्मुक्ति पार्टी प्रवेशमा लहर बढेको दाबी गरे । थारुले शोषण, दमन, अत्याचारमा परेका हजारौ व्यक्तिहरुको नजरमा आफ्नो पार्टी प्रिय भएको समेत जिकिर गरे ।

प्रतिकृया