रोकिएन नेप्सेको ओरालो यात्रा, गुड न्यूजको पर्खाइमा लगानीकर्ता
प्रकाशित मिति
२०७९ जेष्ठ १९ गते, बिहीबार ०३:५८
१९ जेठ २०७९, काठमाडौंः सेयर बजारले लगातार ओरालो यात्रा तय गरिरहेको छ । आज ९बिहीबार पनि सेयर बजारको ओरालो यात्रामा निरन्तरता देखिएको छ । बिहीबार बजार दोहोरो अंकले घटेको छ । लगातारको करेक्सनले लगानीकर्ताको मनोबल पनि घटेको छ ।
बजार निरन्तर घट्दो अहिलेको अवस्थामा लगानीकर्ताहरू गुड न्यूजको पर्खाइमा छन् । सेयर बजारका अनुभवी लगानीकर्ता चन्द्र गुरूङ अहिले लगानीकर्ताहरूको खस्किएको मनोबल उकास्न मार्केटमा गुड न्यूजको एकदमै जरूरी रहेको बताउँछन् । “अहिले लगानीकर्ताहरूको माइन्ड सेट नै मार्केट घट्ने त हो भन्ने भइसक्यो । ठूला लगानीकर्ताहरूको सक्रियता देखिएको छैन । साना लगानीकर्ताहरूले बजारलाई थाम्न सकेका छैनन् । सबै विश्लेषण गलत सावित भएका छन् । बजार सकारात्मक माहोलमा फर्किनका लागि सेयर बजारमैत्री कुनै ठूलै गुड न्यूज आउनु जरूरी छ ।”, उनले भने ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज ९बिहीबार० सेयर कारोबार मापक नेप्से परिसूचक १८।२६ अंकले घटेर २११२.४७ विन्दुमा झरेको छ । नेप्से ०.८६ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ३.८१ अंकले घटेर ४१०.६६ विन्दुमा झरेको छ ।
कूल २२७ वटा कम्पनीको ३५ लाख ६६ हजार ८ सय १९ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब १६ करोड १५ लाख १४ हजार एक सय ६९ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।








प्रतिकृया