• १८ असोज २०८३, आइतबार
  • २ः१३ दिउँसो

बतास समूहलाई पशुपति धर्मशालामा होटल चलाउन दिने अन्तरकालीन आदेश बदर

प्रकाशित मिति

२०७९ जेष्ठ १८ गते, बुधबार ०७:४४

१८ जेठ २०७९, काठमाडौँ : काठमाडौं जिल्ला अदालतले बतास समूहलाई नेपाल-भारत मैत्री पशुपति धर्मशालामा होटल सञ्चालन गर्न दिने गरी यसअघि गरेको अन्तरकालीन आदेश बदर गरेको छ। बुधबार न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले यसअघि काठमाडौं जिल्ला अदालतले बतास समूहको पक्षमा दिएको अन्तरकालीन आदेश बदर गरिदिएको हो।

National Life

गत चैत २५ गते अदालतले नेपाल-भारत मैत्री पशुपति धर्मशालामा आनन्द बतासले सञ्चालन गरिरहेको होटलको पक्षमा अन्तरकालीन आदेश दिएको थियो। सो अन्तरकालीन आदेशविरूद्ध पशुपति क्षेत्र विकास कोषले निवेदन दिएको थियो। आज उक्त निवेदनको सुनुवाइ गर्दै न्यायाधीश पोखरेलको इजलासले कोष र बतास समूहबीचको करार भंग भइसकेकाले पुनः होटल सञ्चालन गर्न दिनु कानुनबमोजिम नहुने भन्दै अन्तरकालीन आदेश बदर गरिदिएको हो।

प्रतिकृया