• १६ असोज २०८३, शुक्रबार
  • ७ः३१ बिहान

काठमाडौं महानगरको २२ वटा वडाको मतगणना सम्पन्न हुँदा कांग्रेस १४, एमाले ८ वटामा विजयी

प्रकाशित मिति

२०७९ जेष्ठ १० गते, मंगलवार ०१:१८

१० जेठ २०७९, काठमाण्डौं : काठमाडौै महानगरपालिकाका ३२ वटा वडामध्ये हालसम्म २२ वटामा मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार मतगणना सकिएकामध्ये १४ वटा वडाको वडा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी बनेका छन् । यस्तै, ८ वटा वडामा नेकपा एमालेका उम्मेदवारले वडा अध्यक्षमा विजय प्राप्त गरेका छन् ।

National Life

काठमाडौं महानगरपालिकाको वडा नं.१, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, २३, २४, २५, २६, २७, २८, २९, ३०, ३१ र ३२ को मतगणना सकिएको छ । मतगणना सकिएकामध्ये वडा नं. ६, ७, ८, ९, १०, ११, १२, २४, २५, २६, २७, २८, २९ र ३० मा कांग्रेसका उम्मेदवारले वडा अध्यक्ष जितेका छन् भने एमालेका उम्मेदवारले वडा नं. १, २, ३, ४, ५, २३, ३१ र ३२ को वडा अध्यक्षमा जितेका छन् ।

प्रतिकृया