• १६ असोज २०८३, शुक्रबार
  • ६ः४९ बिहान

सेन्ट लरेन्स कलेजमा शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरू आन्दोलित

प्रकाशित मिति

२०७९ जेष्ठ १० गते, मंगलवार ०१:२७

१० जेठ २०७९, काठमाडौंः मंगलबार बिहान काठमाडौंको चाबहिलस्थित सेन्ट लरेन्स कलेजमा शिक्षकले छात्राहरु माथि यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरू आन्दोलित भएका छन्।

National Life

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरीका अनुसार विद्यार्थीहरूमाथि दुर्व्यवहार भएको भन्ने खबर पाएपछि प्रहरीको टोली पुगेको थियो। अहिले घटनासम्बन्धी अनुसन्धान भइरहेको उनले बताए।


गिरीले भने,‘अहिले विद्यार्थी तथा अभिभावकहरू गौशालामा छन्,जाहेरीहरू लेख्ने काम भइरहेको छ। दर्ता भइसकेको छैन। पीडितहरू धेरै छन्। थप अनुसन्धान भइरहेको छ। सबै कुरा खुलिसकेको छैन।

Classic Tech Mobile
Classic Tech Desktop

अरू विद्यार्थीहरूमाथि पनि शिक्षकले यौन दुर्व्यवहार गर्ने गरेको आरोप छ । पीडित विद्यार्थीले अभिभावकलाई भनेपछि मंगलबार घटना बाहिरिएको हो।

प्रतिकृया