• १६ असोज २०८३, शुक्रबार
  • ९ः५८ बिहान

‘पोखरा महानगरपालिकामा बाकसभित्र भोट हरायो, पुनः मतगणना हुनुपर्छ’ : एमाले अध्यक्ष न्यौपाने

प्रकाशित मिति

२०७९ जेष्ठ १० गते, मंगलवार ११:४६

१० जेठ २०७९, काठमाडौं: पोखरा महानगरपालिकाको दुईवटा वडाको मतगणनामा धाँधली भएको भन्दै एमालेका अध्यक्ष दिलीप न्यौपानेले मतगणनामा धाँधली भएको आरोप लगाउँदै आफूहरुले पुनः मतगणनाका लागि निवेदन दिएको बताए । उनले वडा नम्बर १८ को ९ भोट र ३१ को ३ भोट बाकसबाटै हराएको बताए ।

National Life

‘मतगणनाको क्रममा बाकसभित्र हुनुपर्ने संख्यामा मतपत्र भएन । हामीलाई गम्भीर आशंका के भयो भने वडा नम्बर १८ को ९ वटा मतचाहिँ मतगणनाका क्रममा तलमाथि भयो’, निर्वाचन अधिकृतको कार्यालयमा पुनः मतगणनाको निवेदन दिएपछि उनले भने, ‘त्यसकारण पनि मतगणना हुनुपर्छ भन्ने हाम्रो दाबी हो ।


यस्तै प्रकृति वडा नम्बर ३१ मा पनि देखिएको भन्दै उनले त्यहाँ पनि ३ मत कम रहेको बताए । त्यहाँ पनि मतगणना हुनुपर्छ भन्ने हाम्रो दाबी हो’, उनले भने।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया