• १६ असोज २०८३, शुक्रबार
  • १०ः३४ बिहान

काठमाडौं महानगरपालिका : डेढ लाख मतगणना हुँदा बालेनले कटाए ५० हजार मत, सिर्जना १८ हजार ७६८ मतले पछाडि

प्रकाशित मिति

२०७९ जेष्ठ १० गते, मंगलवार ११:१२

१० जेठ २०७९, काठमाडौं : काठमाडौं महानगरपालिकामा १ लाख ५० हजार ९०० मतगणना सकिँदा प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले ५० हजार ६१ मत प्राप्त गरेको निर्वाचन आयोग जनाएको छ । उनलाई पछ्याइरहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३१ हजार २९३ मत प्राप्त गरेकी छन् । सिर्जनाले भन्दा बालेनले १८ हजार ७६८ मत प्राप्त गरेका छन् ।

National Life

यस्तै, नेकपा एमालेको तर्फबाट प्रमुखमा उम्मेदवारी दिएका केशव स्थापितले हालसम्म ३१ हजार २९३ मत प्राप्त गरेका छन् भने अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले ८ हजार ८३० मत ल्याएका छन् ।


आयोगका अनुसार अब काठमाडौं महानगरपालिकामा ४० हजार १५५ मत गणना गर्न बाँकी रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया