• १८ असोज २०८३, आइतबार
  • १ः५३ दिउँसो

सात थान भरुवा बन्दुकसहित चार जना पक्राउ

प्रकाशित मिति

२०७९ बैशाख १८ गते, आईतवार ०५:०१

१८ बैशाख २०७९, काठमाण्डौं : देवदह नगरपालिका ६ भलुहीस्थित उजेरी पाल्पाली सामुदायिक बनबाट ७ थान भरुवा बन्दुक, सोही बन्दुकमा लाग्ने छर्रा १ सय २५ थान र करिब २ सय ५० ग्राम बारुद सहित सोही नगरपालिका ६ सताकखोला बस्ने ३६ वर्षीय गणेश राना लगायत ४ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

National Life

उक्त वनभित्र भरुवा बन्दुक सहित मानिसहरु हिडेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी भलुही र ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त हातहतियार सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया