• १६ असोज २०८३, शुक्रबार
  • ७ः४० बिहान

कर्म गर्नुस्, फल आफैं मिल्छ : मेयर उम्मेदवार रजनी थापा

प्रकाशित मिति

२०७९ बैशाख १८ गते, आईतवार ०१:४५

१८ बैशाख २०७९, काठमाण्डौं : काठमाण्डौं जिल्ला टोखा नगरपालिकाको मेयर उम्मेदवार रजनी थापाले राम्रो कर्म गरेपछि फल आफैं मिल्ने कुरामा विस्वास राखेको बताएकी छिन् । कर्म गर्नुस्, फल आफैं मिल्छ भन्ने मान्यता बोकेर अघि बढेकी थापाले विगतमा आफूले गरेका कामको मूल्यांकन यसपटक हुने विस्वास व्यक्त गरेकी छन् ।

National Life

टोखामा हुने हरेक विकास निर्माण र सामाजिक काममा संलग्न रहँदै आएकी थापाले यसपटक भने मेयरमा जित हात पार्ने दाबी गरेकी छन् । रजनी फाउन्डेशनको अध्यक्ष समेत रहेकी थापाले नेपाली कांग्रेसका नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ जस्ता भातृसंगठनमा बसेर कुशलतापूर्वक काम गर्दै पनि गर्दै आएको बताउँछिन् ।


नगरको विकास र प्रगतिका लागि काम गर्न सक्ने क्षमता रजनीमा रहेको यहाँका नागरिकहरु बताउँछन्। नेपाली कांग्रेसले टोखा नगरपालिकाको मेयरमा रजनी थापालाई उम्मेदवार बनाएपछि नगरभित्र तरंग उत्पन्न भएको छ । यसपटक टोखा नगरपालिका प्रमुखका लागि १४ जनाको उम्मेदवारी परेको छ। जसमध्ये सबैभन्दा धेरै चर्चा रजनी थापाकै छ।

Classic Tech Mobile
Classic Tech Desktop

अघिल्लोपटक एमालेले जितेको यस नगरमा अहिले कांग्रेसबाट मेयरमा रजनी थापा र उपमेयरमा मुरारी तामाङ उठेका छन्। राजनीतिलाई विशुद्ध समाजसेवाको रूपमा लिनु पर्ने बताउँदै थापाले भनिन्, यसअघि टोखाबाट जितेकाहरूले गर्न नसकेको काम यसपटक म गरेर देखाउँछु।

प्रतिकृया