• २१ असोज २०८३, बुधबार
  • ३ः१७ दिउँसो

सप्तकोशी नदीमा पानीको बहाव उच्च, सतर्क रहन आग्रह

प्रकाशित मिति

२०७६ असार २७ गते, शुक्रबार ०९:१८

इटहरी । सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । तीन दिनदेखिको वर्षाले नदीमा पानीको बहाव बढेको हो । सप्तकोशीमा सुक्रबार विहान ७ बजे पानीको बहाव प्रतिसेकण्ड १ लाख ६५ हजार ७२० क्युसेक पुगेको कोशीव्यारेज कन्ट्रोल रुमले जनाएको छ । कोशीव्यारेजका अनुसार पानीको बहाव अघिल्ला दिनको तुलनामा बढी हो । हरेक घण्टैपिच्छे पानीको बहाव बढ्दै गएको छ। पानीको बहाव बढने क्रम निरन्तर भएकाले गर्दा आवश्यकता अनुसार थप ढोका खोल्न सकिने स्थानीय प्रशासनले सप्तकोशी अनलाइन लाइ जानकारी दिएको छ। पानीको बहाव उच्च भएपछी सप्तकोसी व्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ । सप्तकोशीमा पानीको बहाव बढेपछि स्थानीय प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।

National Life

यता निरन्तर वर्षाका कारण रौतहट गढीमाई नगरपालिका स्थित बागमती खोलाको पानी बाध देखि जल मग्न खोलाको जल स्तरमा धेरै बृद्धि आएको छ । गाऊ चारै तर्फ वाट जल मग्न भएको छ । नगरपालिका बाट उद्घार टोली खटाएको छ र सबैलाई सचेत रहन समेत सुचना जारी गरिएको जनइएको छ ।

विराटनगरको पुर्वी सिमाना भएर बग्ने सिंघीया खोलामा आएको बाढीका कारण सय भन्दा बढी सुकुम्बासी विस्थापित भएका छन् । लगातारको वर्षाका कारण खोलामा आएको बाढी बस्ती पसेपछि खोला किनारका सुकुम्बासी परिवार विस्थापित भएका हुन् । कटहरी र विराटनगरको सिमाना भएर बग्ने सिंघीया खोला किनारको दुवैतर्फ हजारौं सुकुम्बासी परिवारले बर्षाँै अघिदेखि घरजम गरेर बसोबास गर्दै आएका छन् । २०७४ साल साउन २८ र २९ गते आएको बाढीले खोला किनारका सम्पूर्ण सुकुम्बासी परिवारमा क्षति पु¥याएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

फोटो फिचर

प्रतिकृया