• २३ भदौ २०८३, मंगलबार
  • ६ः३६ बेलुका

आजको मौसम : देशभर आंशिकदेखि सामान्य बदली

प्रकाशित मिति

२०७९ बैशाख ७ गते, बुधबार ०८:२९

७ बैशाख २०७९, काठमाडौँ : नेपालमा पश्चिमीसँगै स्थानीय वायुको प्रभाव रहेको छ। बिहान प्रदेश १ र मधेश प्रदेशमा आंशिकदेखि सामान्य बदलीको छ भने मुलुकका अन्य पहाडी तथा हिमाली भूभागमा आंशिक बदली छ। प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षा भएको छ ।

National Life

दिउँसो प्रदेश १, मधेश, बागमती र गण्डकीका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति प्रदेश १, मधेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना छ ।


बिहीबार अपरान्ह पछाडि देशभर आंशिकदेखि सामान्य बदली रहने आँकलन गरिएको छ । गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया