• २२ साउन २०८३, शुक्रबार
  • १:२९ बेलुका

पूर्वाञ्चल विश्वविद्यालय र नेपाल बैंकबीच सम्झौता

प्रकाशित मिति

२०७९ बैशाख १ गते, बिहीबार १२:३९

बैशाख १ २०७९, काठमाडौं : इटहरीमा आयोजित एक समारोहमा पूर्वाञ्चल विश्वविद्यालय र नेपाल बैंकबीच बैंकिङ कारोबार सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता बमोजिम नेपाल बैंकले पूर्वाञ्चल विश्वविद्यालयमा कार्यरत कर्मचारी एवम् विद्यार्थीहरुलाई आधुनिक एवम् सहुलियतपूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने भएको हो ।


विश्वविद्यालयका सम्पूर्ण कर्मचारीहरुको तलबी खातामा बैकले बचत निक्षेपको उच्चतम ब्याजदर प्रदान गर्ने, निःशुल्क डिजिटल बैंकिङ्ग सुविधा, बैंकको लकर भाडामा छुट गर्ने भएको छ ।

Kamana Sewa

यस्तै, बैंकले सहुलियत ब्याजदरमा कर्जा प्रदान गर्नेछ साथै निःशुल्क डेविटरक्रेडिट कार्ड उपलब्ध गराउने र आवश्यकता अनुसार थप बैंकिङ्ग सुबिधा उपलब्ध गराउने समझदारी भएको सम्झौता पत्रमा उल्लेख गरेको छ । सम्झौता पत्रमा विश्वविद्यालयको रजिष्ट्रार निलमणि पोख्रेल र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले हस्ताक्षर गरेको जनाइएको छ ।

Classic Tech Desktop

समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले वित्तीय कारोवारका लागि नेपाल बैंकलाई छनोट गरेकोमा पूर्वाञ्चल विश्वविद्यालय प्रति हार्दिक आभार व्यक्त गरेका हुन् ।

प्रतिकृया