• २२ साउन २०८३, शुक्रबार
  • ९:१५ बेलुका

संविधानको रक्षाका लागि गठबन्धन बनेको हाे : नेता सिंह

प्रकाशित मिति

२०७९ बैशाख १ गते, बिहीबार १०:४७

१ बैशाख २०७९, काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानको रक्षाका लागि गठबन्धन बनेको बताएका छन् । आज चितवनमा पत्रकारसँग उनले झण्डै दुई तिहाइ नजिकको सरकारले दुई(दुई पटक संसद् भङ्ग गरेपछि बनेको गठबन्धनले संविधान रक्षाका लागि र प्राप्त उपलब्धि जोगाएको बताएका हुन्।


‘यही वैशाख ३० गते हुने भनिएको स्थानीय तहको निर्वाचनमा गठबन्धनका बीचमा कसरी जाने भन्ने सहमति भएको छ, त्यहीअनुसार हुन्छ’, उनले भने । कहाँ कुन जिल्लामा कसरी अघि बढ्ने भन्ने विषयमा केन्द्रीय समितिले निर्णय गर्ने सिंहको भनाइ थियो ।

Kamana Sewa

भरतपुर महानगरपालिकामा कसरी अघि बढ्ने भन्ने विषयमा वार्ता र छलफल भइरहेको उनले बताए। सिंहले भने, ‘जिल्लास्तरीय नेताहरुले सभापतिलगायत अन्य नेताहरुसँग भेट गर्नुभएको छ, भेटपछि जुन एउटा समझदारी बनेको छ, त्यहीअनुसार पार्टी अघि बढ्छ ।’

Classic Tech Desktop

स्थानीय निर्वाचनमा तालमेल आवश्यकता र औचित्यअनुसार गरिने उनको भनाइ छ । तालमेलका लागि जिल्ला तथा क्षेत्रमा संयन्त्र बनेको भन्दै उनले महानगरको विषयमा छिट्टै टुङ्गो लगाउने बताए । अहिले कांग्रेस घोषणापत्र तयारी र गठबन्धनलाई कसरी अघि बढाउने भन्ने विषयमा लागेको उनको भनाई छ ।

प्रतिकृया