काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक सुरु
प्रकाशित मिति
२०७८ चैत्र ३० गते, बुधबार ०५:२५
२०७८ चैत ३०, काठमाडौं : सत्तारुढ प्रमुख दल नेपाली काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपा बैठक सुरु भएको हो । बैठक स्थानीय तह निर्वाचनको घोषणापत्र र गठबन्धन बीचको चुनावी तालमेलमा केन्द्रीत हुने पार्टीका प्रवक्ता डा.प्रकाशशरण महतले बताए ।
काँग्रेसले केही दिनभित्रै स्थानीय तह निर्वाचनको चुनावी घोषणापत्र सार्वजनिक गर्ने गरी त्यसको मस्यौदा तयार पारेको छ । सोही मस्यौदाका सम्बन्धमा बैठकमा छलफल केन्द्रीत हुने पार्टीका प्रवक्ता महतले बताए ।

गठबन्धन तालमेलको कुरा यसभन्दा अघिको कार्य समिति बैठकमा पास गरेको थियो । त्यसलाई व्यवहारिक रुपमा कसरी लाने भन्ने कुरा हिजो गठबन्धनबीच मोटामोटी सहमति भएको छ । ३ गतेभित्र कुन–कुन दलले के पाउने टुंगो लागेपछि आ–आफ्नो दलले भागमा पाएको उम्मेदवार तय गरेर निर्वाचनमा जानुपर्ने जनाइएको छ ।





प्रतिकृया