• १६ असोज २०८३, शुक्रबार
  • ४ः२३ बिहान

लमजुङमा १६ हजार ४५ जना मतदाता बढे

प्रकाशित मिति

२०७८ चैत्र २३ गते, बुधबार ११:१८

२३ चैत २०७८, काठमाडौंः लमजुङमा १६ हजार बढी नयाँ मतदाता थपिएका छन् । निर्वाचन आयोगले प्रकाशन गरेको मतदाताको अन्तिम नामावली विवरणअनुसार जिल्लामा १६ हजार ४५ जना नयाँ मतदाता थपिएका हुन् ।

National Life

०७४ सालमा भएको प्रदेश तथा प्रतिनिधिध सभा निर्वाचनमा जिल्लामा १ लाख १५ हजार चार सय ४९ जना मतदाता रहेका थिए । हाल निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार जिल्लामा १ लाख ३१ हजार चार सय ९४ जना मतदाता कायम भएको छ । यसअघि भएको स्थानीय तह निर्वाचनमा भने जिल्लामा १ लाख ५ हजार ९ सय ९२ मतदाता थिए ।


जिल्लाको विवरणअनुसार सबैभन्दा धेरै मतदाता सदरमुकाम बेंसीसहर नगरपालिकामा छन् । बेंसीसहरमा मात्रै १२ हजार चार सय ९१ पुरुष र १३ हजार सातसय १६ महिला सहित २६ हजार दुई सय सात मतदाता कायम भएको पाइएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यसैगरी जिल्लामा सबैभन्दा कम मतदाता दुधपोखरी गाउँपालिकामा रहेका छन् । दूधपोखरीमा ४ हजार ५ सय सात पुरुष र ४ हजार ३ सय ८१ महिला सहित आठहजार, आठसय ८८ मतदाता रहेका छन् ।


यसअघिको निर्वाचन पश्चातको अवधीमा बसाइँसराइ वा विवाह भएर अन्यत्र गएका, दोहोरो नाम भएका र मृत्यु भएकाहरूको नामावली हटाउनको लागि आयोगमा सिफारिस भएको निर्वाचन कार्यालय लमजुङका सुचना अधिकारी जिवाखर शर्माले बताए ।

प्रतिकृया