• १६ असोज २०८३, शुक्रबार
  • १०ः१० बिहान

धादिङमा कांग्रेस कार्यकर्ताले गरे गाउँपालिका अध्यक्षलाई आक्रमण

प्रकाशित मिति

२०७८ चैत्र २३ गते, बुधबार ०९:३०

२३ चैत्र २०७८, धादिङ : नेपाली कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्षलाई आफ्नै पार्टीका कार्यकर्ताहरूले आक्रमण गरेका छन्। वैशाखमा हुने स्थानीय चुनावको उम्मेदवारबारे भएको छलफलमा विवाद हुँदा खनियावास गाउँपालिका अध्यक्ष रणबहादुर तामाङमाथि मंगलबार बेलुकी आक्रमण भएको हो।

National Life

कांग्रेसका पूर्वक्षेत्रीय सभापति राजु पाख्रीनलगायतको समूहले गाउँपालिका अध्यक्ष तामाङमाथि आक्रमण गरेको आरोप छ। कांग्रेस नेता तथा गाउँपालिका अध्यक्ष तामाङले आफूमाथि आक्रमण भएको बताए। ‘टिकटको विषयमा कुराकानी भइरहेको थियो, मैले पनि केही कुरा राख्दा आक्रमण गरे,’ उनले भने, ‘मलाई कचौराले हानेका हुन्। कुरा राख्दा आक्रमण होला भन्ने मैले सोचेकै थिइनँ।’


उनको अनुहारमा चोट लागेको छ। आक्रमणमा संलग्न रहेको आरोपमा प्रहरीले कांग्रेसकै नेता पाख्रीनलाई नियन्त्रणमा लिएको छ। ‘आक्रमण गर्नेलाई प्रहरीले पक्राउ गरिसक्यो, घटना सामान्य हो,’ गाउँपालिका अध्यक्ष तामाङले भने। घटना हुनुभन्दा पहिले पेस्तोल पड्केको दाबीसमेत उनले गरेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

यसबारे प्रहरीले अनुसन्धान अगाडि बढाएको जनाएको छ। गाउँपालिका अध्यक्ष तामाङले आफू फेरि पनि पार्टीबाट उम्मेदवार हुन चाहेको कुरा राखेपछि विवाद भएको थियो।

प्रतिकृया