• १६ असोज २०८३, शुक्रबार
  • ४ः२९ बिहान

प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री खाँणलाई

प्रकाशित मिति

२०७८ चैत्र १८ गते, शुक्रबार ०२:४४

१८ चैत २०७८, काठमाण्डौं : प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा निस्किएपछि कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाँणले पाएका छन् । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यबहाक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री खानलाई तोकेकी हुन् ।

National Life

राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री शेरबहादुर देउवा मित्रराष्ट्र भारत भ्रमणमा जानुहुने भएकोले उनको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कामको जिम्मेवारी प्रधानमन्त्री देउवाको सिफारिसमा गृहमन्त्री खाँणलाई दिइएको जनाएको छ ।


प्रधानमन्त्री देउवा भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा शुक्रबार भारत भ्रमणका लागि प्रस्थान गरिसकेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया