• २२ जेठ २०८३, शुक्रबार
  • ३:३० बेलुका

राजनितिक दलका प्रतिनिधिहरुसँग स्थानीय तहको निर्वाचनमा नागरिक समाजको भुमिका अन्तक्रिर्या कार्यक्रम सम्पन्न

प्रकाशित मिति

२०७८ चैत्र १७ गते, बिहीबार ०४:३७

१७ चैत २०७८ काठमाण्डौं : राजनितिक दलका प्रतिनिधिहरुसँग स्थानीय तहको निर्वाचनमा नागरिक समाजको भुमिका अन्तक्रिर्या कार्यक्रम सम्पन्न भएको छ । गैर सरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा ललितपुुर र इह्रिकनको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो ।


ललितपुर जिल्लाको नेपाल पत्रकार महासघं र नियोकको समन्वयमा ललितपुरमा कार्यरत नागरिक समाज संघ संस्थाहरु, नागरिक समाजका प्रतिनिधिहरु र चार राजनितिक पार्टी प्रतिनिधिहरु, नेकपा एमाले जिल्ला उपाध्यक्ष प्रेम भक्त महर्जन, नेपाली कांग्रेस जिल्ला सहसचिव गणेश बहादुर के.सी, नेकपा माओवादी केन्द्र जिल्ला कार्यालय सचिव दिपक पुलामी र नेकपा एकिकृत समाजवादी युवा संघ केन्द्रिय सदस्य कमल थापाको उपस्थिति रहेको थियो ।

Kamana Sewa

कार्यक्रममा उपस्थित सहभागिहरुलाई स्वागत सहित कार्यक्रमको उद्देश माथि इह्रिकनका अध्यक्ष मीना शर्माले प्रकाश पारेका थिए ।

Classic Tech Desktop

अन्तक्रिर्या कार्यक्रममा नियोकका कार्यकारी निर्देशक डा.विकल श्रेष्ठले निर्वाचन र नागरिक समाज, राजनितिक पार्टी र गैससहरुको भुमिका विषयमा प्रस्तुतिकरण दिएका थिए, प्रस्तुतिकरण प्रश्चात खुल्ला सत्रमा नागरिक समाज संघ संस्थाका प्रतिनिधिहरुले मतदाता शिक्षा, बालबालिका र विद्यालय शान्ति क्षेत्र अभियान, समावेशीताको सवालहरु, निर्वाचन आचारसहिताको सवालहरु लगायतको विषयहरुमा प्रश्न उठाइएको थियो ।


उक्त प्रश्नहरुको जवाफसहित राजनितिक पार्टीका प्रतिनिधिहरुले प्रतिवद्धता व्यक्त गर्दै निर्वाचनको दौराना मानव अधिकार उल्घंनका घटनाहरु हुन नदिन, आचारसहिता कडाईका साथ लागु गर्न, घोषण पत्रमा नागरिक समाजका सवालहरु समेट्न, नागरिक समाजले उचित ढङ्गबाट पर्यवक्षक र अनुगमन गर्न सुझाव सहितको प्रतिवद्धताहरु व्यक्त भएको थियो ।


साथै, कार्यक्रमका सभाध्यक्ष एंव गैसस महासंघका ललितपुरका अध्यक्ष टिकाराम दाहालले नागरिक समाजले स्थानीय तहको निर्वाचनमा हुन सक्ने मानव अधिकार उल्घंनका घटनाहरु र सुरक्षित वातावरणमा मतदान गर्न पाउने नागरिकहरुको सहभागिता सुनिश्चित गर्न सबै पक्ष गम्भिर भएर लाग्न अनुरोध गरेका थिए ।

प्रतिकृया