• २२ जेठ २०८३, शुक्रबार
  • ४:३८ बेलुका

मुगुको सरकारी जग्गामा निर्माण भएका टहरा हटाइयो

प्रकाशित मिति

२०७८ चैत्र १० गते, बिहीबार ०३:३८

१० चैत २०७८, काठमाडौं : मुगु सदरमुकाम गमगढी बजारका सरकारी जग्गामा निर्माण भएका टहरा बिहीवार हटाइएको छ । सरकारी जग्गामा रजाई गरेर बसोबास गरिरहेका २२ टहरा नेपाल प्रहरी, सशस्त्र प्रहरी, खाद्य र स्थानीयको सहभागितामा हटाइएको हो ।


प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुगुको जग्गामा बनेका सम्पूर्ण अस्थायी संरचना फागुन मसान्तभित्र खाली गर्नुपर्ने भन्दै १ पुसमा पत्र जारी गरेको थियो । पत्र पठाएको दुई महिना अर्थात चैत महिनामा मात्रै खाली गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कार्यालय मुगुका कार्यालय प्रमुख पुस्कर भामले जानकारी दिए ।

Kamana Sewa

भामका अनुसार उनीहरुले करिब २८ महिना सम्म सम्झौताविना सरकारी जग्गामा निजी टहरा निर्माण गरी बसोबास गर्दै आएका थिए । खाद्य कार्यालयलाई हालसम्म कुनै पनि बक्यौता भाडा पनि नदिएको र उल्टै उनीहरूले अन्य नागरिकबाट टहरा भन्दै भाडा असुल्ने गरेको बताएका छन् ।

Classic Tech Desktop

प्रतिकृया