• १६ भदौ २०८३, बुधबार
  • १:५७ बेलुका

प्रधानमन्त्री ओलीः सरकारको विरोध गर्न मास्क लगाउन थाले

प्रकाशित मिति

२०७६ असार २० गते, शुक्रबार ०३:१४

काठमाडौं, प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंमा मास्क लगाउन नपर्ने भन्दै उहाँले सरकारको विरोध गर्नेले मास्क लगाएर हिँडेको बताउनु भएको छ ।

शुक्रबार पार्टी कार्यालय धुम्बराहीमाआयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै ओलीले यस्तो अभिब्यक्ति दिनु भएको हो।

Kamana Sewa

ओलीले भन्नु भयो ‘म प्रधानमन्त्री हुँदा काठमाडौंमा आधा जनसंख्या मास्क लगाएर हिँड्थे । अहिले मास्क लगाउनु पर्दैन भनेको थिएँ । अहिले सरकारको विरोध गर्न मास्क लगाएर हिँड्न थालेका छन् ।’

Classic Tech Desktop

काठमाडौंमा सडक निर्माण भइरहेको र केही दिनमै सम्पन्न हुने भन्दै काठमाडौंका सबै बाटा कालोपत्रे हुने र धूलो नउड्ने दावी गर्नु भयो ।

पार्टी प्रवेशको विषयमा ओलीले पहिलेदेखि पार्टीमा रहेका र अब प्रवेश गरेका साथीलाई यथोचित जिम्मोरी दिइने बताउनु भएको छ।

ओलीले पार्टी भित्र असन्तुष्ट जनाइरहेका नेताहरुलाई ईंगित गर्दै भन्नु भयो, ‘हामी राष्ट्र निर्माणको कुरा गरिरहेका छौं त्यतीबेला कसैले सानो चित्त बनाउनु हुँदैन यो पार्टीमा सबै अटाउन सकिन्छ र क्षमता अनुसारको भूमिका दिइन्छ ।’

प्रतिकृया