• १७ असोज २०८३, शनिबार
  • १२ः१३ दिउँसो

आज प्रतिनिधिसभा बैठक बस्दै : एमसीसी पेश गर्ने तयारी

प्रकाशित मिति

२०७८ फाल्गुन ८ गते, आईतवार ०६:५१

८ फाल्गुन २०७८, काठमाडौँ : संघीय संसद्को प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद सचिवालयका अनुसार बैठक आइतबार दिउँसो १ बस्नेछ। सचिवालयले शनिबार सार्वजनिक गरेको कार्यसूचीमा अमेरिकी सहायता परियोजना एमसीसी समावेश गरिएको छैन। तर, सत्ता गठबन्धनका दलले एमसीसीको विषयमा संसदमा छलफल हुनुपर्नेमा सहमति जनाएका छन्।

National Life

नेकपा (एकीकृत समाजवादी) पार्टीले संसदमा पेश गरेर छलफल गर्ने निर्णय गरेको छ। शनिबार बसेको स्थायी कमिटी बैठकपछि महासचिव डा. बेदुराम भुसालले सार्वजनिक गरेको विज्ञप्तिमा छलफलका लागि एमसीसी पेश गर्नुपर्ने उल्लेख गरिएको छ।


सत्ताको नेतृत्वकर्ता नेपाली कांग्रेसले यसअघि नै एमसीसी अनुमोदन गर्नुपर्ने निर्णय गरिसकेको छ। माओवादी केन्द्रसमेत संसदमा पेश गरेर छलफल गर्न तयार भएको नेताहरुले बताएका छन्। दलहरु एमसीसी संसद्मा पेश गर्न तयार भए पनि संसद सचिवालयले गरेको सम्भावित कार्यसूचीमा एमसीसी उल्लेख छैन।

Classic Tech Mobile
Classic Tech Desktop

बैठकको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय समावेशी आयोगको तेस्रो वार्षिक प्रतिवेदन आव २०७७/०७८ पेस गर्ने मात्र उल्लेख छ।

प्रतिकृया