• २० असोज २०८३, मंगलबार
  • ८ः५६ राती

जाल्पा लघुवित्तको आईपीओ आज बाँडफाँड हुँदै

प्रकाशित मिति

२०७८ फाल्गुन १ गते, आईतवार ०१:३२

१ फागुन २०७८, काठमाडौं : जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आईपीओ आज बाँडफाँड हुँदै छ । गत माघ २१ गतेदेखि २५ गतेसम्म कुल ५ लाख २२ हजार कित्ता प्राथमिक सेयर (आईपीओ) जारी गरेको कम्पनीले आइतबार उक्त सेयर बाँडफाँड गर्ने भएको हो ।

National Life

आज साँझ ५ बजे टाइम स्क्वायर रेष्टुरेन्टमा आईपीओ बाँडफाँड गर्ने कार्यक्रम तय भएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जानकारी दिएको छ । आईपीओको प्रि–अलोटमेन्ट भने गत शुक्रबार नै सम्पन्न भइसकेको छ ।


कुल ५ लाख २२ हजार कित्ताका लागि आह्वान गरिएको आइपीओमा २६ लाख ५९ हजार ५४० जना आवेदकले ३ करोड २६ लाख २० हजार ५८० कित्ताका लागि आवेदन दिएका छन् । जुन कुल मागको ६६।६५ गुणा बढी आवेदन हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया