• १८ असोज २०८३, आइतबार
  • ७ः०७ बिहान

एनसेलले घटायो सबै लोकल कलको महशुल दर

प्रकाशित मिति

२०७८ फाल्गुन १ गते, आईतवार ०९:०८

१ फागुन २०७८, काठमाडौँ : एनसेलले सबै लोकल कलको महशुल दर घटाएको छ । एनसेलका ग्राहकहरुले अब अझै सस्तोमा नेपाल भर एउटै कल दरमा भ्वाइस सेवाको लाभ लिन सक्छन् । प्रिपेड मोबाइल प्रयोगकर्ताले अब प्रति मिनेट मात्र रु १.६२ मा कुनै पनि नेटवर्कमा कल गर्न सकिने छ ।

National Life

आजियाटा लिमिटेडले आफ्नो नेटवर्कभित्र तथा नेपालका अन्य कुनैपनि दूरसञ्चार सेवाप्रदायकको नेटवर्कमा कल गर्दा लाग्ने भ्वाइस कलको महशुल दर कर बाहेक रु १.९९ प्रति मिनेटबाट घटाइ कर बाहेक प्रति मिनेट रु १.६२ कायम गरेको हो । प्रिपेड ग्राहकहरुका लागि लागू भएको यो नयाँ महशुल दरले देशभर समान रुपमा अन्य नेटवर्कमा मेन ब्यालेन्सबाटै पे एज यू गो दर अन्तर्गत कल गर्न अझै सुलभ बनाएको हो ।


यो परिमार्जित नयाँ महशुल दर शुक्रबार (माघ २८) बाट लागू भएको हो । नयाँ महशुल दरको लाभ लिनका लागि ग्राहकहरुले *17107# डायल गरि सेवा निःशुल्क सुचारु गर्न सक्छन् । नयाँ महशुल दरले ग्राहकहरूलाई मेन ब्यालेन्सबाट ढुक्कसँग अन–नेट र अफ–नेट भ्वाइस कल गर्न सजिलो र सहज बनाउँद छ । यो नयाँ महशुल दर २०७९ साउन २४ गते सम्म लागु हुने जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया